भारतमा विगत दुई दशकदेखि अज्ञात रोगका कारण बर्सेनि एक सयभन्दा बढी बालबालिकाको मृत्यु हुँदै आएको थियो । दिउँसोभरि खेलिरहेका बालबालिका राति अकस्मात छलपटाएर ढल्ने गर्दथे । स्वस्थ बालबालिकाको एक्कासी हुने निधनले चिकित्सकसमेत अमलममा परेका थिए।
के कारणले बच्चाको मृत्यु भएको हो भन्ने कुरा पत्ता लाग्न सकेको थिएन । तर, एउटा खोजले ती बालबालिकाको मृत्युको कारण पत्ता लगाएको छ। अमेरिकी र भारतीय चिकित्सकहरु सम्मिलित अनुसन्धान टोलीले ती बालबालिकाको मृत्युको कारण लिचीलाई मानेको छ।
अनुसन्धान प्रतिवेदनमा खालि पेटमा बच्चाहरुले खाने गरेको लिची नै उनीहरुको मृत्युको कारण भएको खुलासा भएको छ । खासगरी लिची फल्ने महिना मे देखि जुलाईसम्ममा ती बालबालिकाको मृत्यु हुने गरेको थियो । दुई दशकदेखि बिहार मुजफ्फरपुर क्षेत्रका बालबालिकामा देखिएको रातिको समयमा अकस्मात ढलेर बेहोस हुने र कतिपयको मृत्यु हुने क्रम अझै पनि अन्त्य भने भएको छैन। तथापि सन् २०१४ मा गरिएको अनुसन्धानपछि भने मृत्युको घटनामा कमी आएको छ।
अनुसन्धान अनुसार ती बालबालिका खालि पेटमा लिची खाएकै कारण ढल्ने गरेका थिए। लिचीमा पाइने विषलू तत्व हाइपोग्लिसिन त्यसको मुख्य कारक थियो। लिचीमा पाइने विषालु पर्दाथ हाइपोग्लिसिनले शरीरमा ग्लुकोज उत्पादन गर्ने क्षमतालाई रोकिदिन्छ। अभावका कारण गरिब क्षेत्रका ती बालबालिकाले बेलुकीको खाना नखाने हुँदा ब्लड सुगरको तह न्यून हुने बालबालिका ग्लुकोजको कमीका कारण बेहोस हुन्थे। जसका कारण उनीहरुको दिमाग सुन्निएको हुन्थ्यो।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१