ज्ञानु पंगेनी
कावासोती । २० औं राष्ट्रिय सरसफाई सप्ताहाको अवसरमा जेठ २२ गतेबाट सुरु गरिएको सप्ताहाब्यापी कार्यक्रमको समापनको अवसरमा मँगलबार कावासोतीमा नगर सरसफाई कार्यक्रम भएको छ । पानि परिरहेको समयमा समेत नगर सरसफाई गरिएको थियो ।
रेडियो कावासोती १०२ . ६ मेघाहर्जको आयोजना तथा कावासोती नगरपालिका र जागृती बाल तथा युवा सरोकार नेपाल लगायतका संघसंस्थाको सहकार्यमा कार्यक्रम भएको हो । मँगलबार विहान कावासोतीको फलफूलचोक र थाना चोकमा सरसफाई गरिएको हो । कावासोती एक हात्तिखोरमा नेपाली सेना , जिल्ला प्रहरी कार्यालय नवलपुर , जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर , शशस्त्र प्रहरी चोरमारा , पतञ्जली योग समिति , नेपाल रेडक्रश जिल्ला शाखा , कावासोती उपशाखा नवलपुर उद्योग वाणिज्य संघ लगायतका संघसंस्थाको उपस्थितीमा सरसफाई कार्यक्रम गरिएको हो । यस्तै कार्यक्रममा सरसफाईको क्षेत्रमा काम गर्ने विभिन्न युवा अभियान्ता , जनप्रतिनिधी , पत्रकार लगायतको समेत सहभागिता रहेको थियो । कार्यक्रममा फलफूलचोक र थानाचोकमा पुर्ण रुपमा सरसफाई गरिएको छ । खुल्लाचौरको झाडी फाड्ने र स्थानीयले थसपारेर राखेका फोहोर समेत उठाएर ब्यवस्थापन गरिएको छ ।
रेडियो कावासोती १०२.६ मेघाहर्जका अध्यक्ष विद्रोही गिरीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा आफ्नो भनाई राख्दै कावासोती नगरपाकिलाका प्रमुख प्रशाशकिय अधिकृत रोशन ज्ञवालीले नगरपालिकाले आउदो आर्थिक वर्षको तीन महिनाभित्रमा नगरको फोहोरको दिर्घकाली बयवस्थापन गर्ने जानकारी दिए । उनले नगरपालिकाले अहिले अस्थाई रुपमा फोहोरको ब्यवस्थापन गर्दै आएकाले नगरबासिले पनि सकेसम्म फोहोर उत्पादनलाई क मगर्ने प्रयास गर्ने र कुहिने नकुहिने फोहोरलाई छुट्याएर राख्न समेत आग्रह गरे । कावासोतीको बन क्षेत्रमा जथाभावि रुपमा फोहोर नफाल्न समेत उनले आग्रह गरेका छन ।
यसैबिच सरसफाई ब्यवस्थापन सम्भावना र दायित्व सम्बन्धी अन्र्तक्रिया कार्यक्रम अहिले केहिबेरमा कावासोती नगरपालिकाको सभाहलमा हुदैछ । रेडियोले सप्ताहाब्यापी कार्यक्रम अन्तरगत जेठ २२ गतेदेखि रेडियोबाट सरसफाई सम्बन्धित विभिन्न रेडियो सामाग्री समेत प्रशारण गर्दै आएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१