कावासोती । कावासोतीको नवलपुर एफएमले प्रथम नवलपुर एडु (एजुकेशन) फेयर–२०१९ गर्ने भएको छ । नवलपुर क्षेत्रको शिक्षाको अवस्थाको बारेमा जानकारी गराउदै नवलपुरलाई नै उचित शैक्षीक गन्तव्यको रुपमा विकास गर्ने उद्धेश्यको साथ कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
यहि जेठ १७ र १८ गते कावासोती ३ को स्वस्तीक पार्टि प्यालेसमा कार्यक्रम गरिने आज( आईतबार)पत्रकार सम्मेलन मार्फत् जानकारी गराइएको हो ।
पहिलो दिनको उद्धघाटन कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका शिक्षा संकायका डिन कृष्ण प्रसाद गौतमको प्रमुख आतिथ्यता रहने जनाइएको छ । नवलपुर र आसपासका जील्लाका शिक्षा शाखाका प्रमुख तथा कलेज प्रमुखहरु सँग अन्तरक्रिया गरिने कार्यक्रममा नवलपुर र चितवनका ५हजार विद्यार्थीले अवलोकन गर्ने लक्ष्य राखिएको छ । करिब २८ कलेज तथा माध्यमिक तहका विद्यालयहरुको स्टल रहने कार्यक्रमको अनुमानित खर्च ८ लाख लाग्ने आयोजकले जनाएको छ । कार्यक्रममा प्रवेश शुल्क निशुल्क गरिएको छ ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटले नवलपुर क्षेत्रकै प्रतिनिधित्व गर्दै संचार संस्थाले आयोजना गर्न लागेको यस कार्यक्रमले राष्ट्रिय स्तरमै राम्रो सन्देश दिने बताए ।
नवलपुर एफएमको प्रबन्ध निर्देशक मुना दाहालको अध्यक्षता रहेको पत्रकार सम्मेलनमा पत्रकार महासंघ बर्दघाट सुस्ता पूर्व नवलपुरका अध्यक्ष होमराज रानाभाटको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै नवलपुर एफ.एम.ले विगत २ महिनादेखि एसइइ र कक्षा १२ का विद्यार्थीका लागि शैक्षीक गन्तव्य रोज्न सहज होस् भन्दै कार्यक्रम करियर काउन्सीलिङ्ग सञ्चालन गर्दै आएको छ । हप्ताको ३ दिन मंगलबार, बिहिबार र शनिबार सञ्चालन गरिएको कार्यक्रम करियर काउन्सीलिङ्ग मा नवलपुर र चितवनका शैक्षीक व्यक्तित्वहरु सँग अन्तरक्रिया गर्दै आएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१