समाजको विकासको लागि शिक्षा महत्वपूर्ण अंगको रुपमा रहेको छ । शिक्षा विना कुनै पनि समाजको विकासको परिकलपना गर्न सकीदैँन । नेपालको संविधानमा समेत शिक्षालाई अधिकारको रुपमा स्थापित गरेपश्चात यसको सर्वव्यापकता समेत भएको छ । बालबालिकाको अधिकारलाई नेपालको संविधानमा नै मौलिक हकमा राखेको सन्दर्भ र उक्त संविधानको धारा ३९ मा अन्य सुविधाहरु जस्तै शिक्षा सम्बन्धी व्यवस्था पनि उल्लेख गरेको छ ।
नेपालको सन्दर्भमा जनसंख्या हेर्दा पनि बालबालिकाहरुको संख्योकुल जनसंख्याको ४४ प्रतिशत १८ बर्ष भन्दा कम उमेरका बालबालिकाहरुको रहेको छ । बालबालिकाको कुल जनसंख्याको ४९ प्रतिशत संख्या बालिकाहरुको रहेको छ । जनगणना प्रक्षेपणले २०१६ मा १९ बर्ष भन्दा कम उमेरका करिम ५८ लाख ६६ हजार बालिकाहरु नेपालमा रहेको देखाउँछ ।
यसरी हेर्दा पनि बालिकाहरुको अवस्था सुधार्नको लागि विभिन्न कार्यक्रमहरु र नीतिगत रुपमा निर्माण समेत गर्नुपर्ने आजको आवश्यकता रहेको छ । संविधानले सवै कुरामा समान भनेको भएपनि शिक्षा जस्तो महत्वपूर्ण हक, अधिकारमा समेत आजको दिनमा किशोरहरु र किशोरीहरुमा बिभिन्न असमानताहरु हामीले देखेका छौ । जवसम्म समान रुपमा शिक्षा हासिल गर्ने वातावरण सृजना हुँदैन तवसम्म समानता भने हुँदैन ।
स्थानीय स्तरमा रहेका व्यक्तिहरुको अशिक्षाको कारणले गर्दा समेत बालक र बालिकामाथि हुने बिभेद घरबाट नै सुरु भएकोले समेत यसको अवस्था कमजोर रहेको छ । बालक पछि गएर घरको अंशियारी रहने र बालिका विवाह भएर अन्त जाने भएकोले पढाएर केही हुँदैन भन्ने सोचका साथमा समेत केही अभिभावकहरुले केही निश्चित कक्षा पढी सकेपछी उच्च शिक्षामा समान पहुँच हुन सकेको छैन ।
जव एउटा किशोरीलाई शिक्षाबाट समान पँहुच हुँदैन । त्यसको असर उनको शिक्षा, स्वास्थ, नेतृत्व विकास र सामाजिक विकासमा समेत प्रत्यक्ष रुपमा र अप्रत्यक्ष रुपमा अन्य धेरै कुराहरुमा समेत यसको असर देखा पर्दछ । किशोरीहरुलाई शिक्षामा बन्चित गराएमा छिटो हुने विवाहको दर बृद्धी हुने, त्यसको असर गर्भवती छिटो हुने र उक्त अवस्थामा उक्त किशोरीबाट जन्मिने सन्तान अस्वस्थ हुनु, सुरक्षित र असुरक्षित कसरी हुने भन्ने कुरामा जानकारी कम हुने, असुरक्षित गर्भपतन जस्ता क्रियाकलापले समेत यसको असर उक्त सन्तानमाथि हुने र मातृ एवम शिशु मृत्युदर हुने र यदी बाँचे भने पनि सानो उमेरबाट नै बच्चा र आमाको स्वास्थ्य कमजोर हुनाले समेत यसको प्रभाव पछि सम्म देखीने गर्दछ । यस्ता समस्याबाट ग्रसीत भएका धेरै किशोरीहरुले घर छोडेर हिड्ने र केहीको मानसिक रुपमा समेत विक्षिप्त भई आत्महत्या गर्ने समेत देखीएको छ ।
अवको समाधानको बाटो भनेको नै स्थानीय सरकार किशोरीहरु प्रति जिम्मेवार भई किशोरीहरुको शिक्षा अभिबृद्धीको लागि कार्यहरु सुरु गर्नु आजको आवश्यकता हो । नेपालको संविधान २०७२ मा अनुसुची ८ मा विद्यालय तहको शिक्षाको अधिकारको क्षेत्रहरुस्थानीय सरकारको क्षेत्राधिकार भित्र राखिएको छ । यसै सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ भित्र पनि आधारभुत र माध्यमिक तह सम्मको शिक्षाको सञ्चालन र व्यवस्थापन स्थानीय सरकारले नै गर्ने र यसको लागि आवश्यक पर्ने नियमावली, नीति तथा नियमहरुको व्यवस्था, अनुगमन कार्यहरु यस भित्र पर्दछ ।
अवको दिनमा किशोरीहरु माथि भएको विभेदको अन्त्यको लागि समेत किशोरीमैत्री स्थानीय तहको निर्माणमा उहाँहरुको चासो अभिबृद्धी हुनु आवश्यक छ ।
१. नीतिगत सुधार ः स्थानीय सरकारले निर्माण गर्ने शिक्षा सम्बन्धीका नीतिहरु, नियमावलीहरु र कार्ययोजनामा स्पष्ट रुपमा किशोरीहरुको अधिकारको संरक्षणको लागि व्यवस्थाहरु राखीनुपर्दछ । जस्तो विद्यालयहरु किशोरीमैत्री, विद्यालयमा महिला सम्पर्क शिक्षकको रुपमा विकास गरीनुपर्ने, व्यवस्थापन समितिमा महिलाहरु र बालिकाहरुको समेत अर्थपूर्ण सहभागिता बढाउने गतिवीधीहरु, छात्रवृत्तीको बिशेष व्यवस्थापन र विद्यालय छोड्ने दर भएका सम्बन्धित स्थानमा गएर समस्याहरुको समाधानको लागि पहलकदमी कार्यहरु गरी बिभिन्न छुटहरु र व्यवस्थापन गर्नुपर्ने देखीन्छ ।
२. पूर्वाधारहरु किशोरीमैत्री ः पूर्वाधारहरु किशोरीमैत्रीको रुपमा विकास गर्नुपर्ने देखीन्छ । एउटा किशोरीले सवै स्थानमा सुरक्षित महसुस गर्नको महिनावारीको समयमा समेत विशेष स्याहार, सवै स्थानहरुमा सेनेटरी प्याडको उपलब्धता, शौचालयको व्यवस्थापन गर्ने र अव निर्माण हुने सवै सार्वजनिक कार्यालयहरु सवै किशोरीमैत्रीको रुपमा विकास गर्नुपर्ने देखीन्छ ।
३. समान सहभागिता र नेतृत्व विकास ः शिक्षाको नीति र व्यवस्थापकीय पक्षमा पनि समान सहभागिताको लागि कार्यहरु सुरु गर्नुपर्दछ । विद्यालयको नीति निर्माण तहबाट नै उनीहरुको अर्थपूर्ण सहभागिता बनाउन सकेमा उनीहरुको आवाज समेत समेटिने र सोही अनुसार नै कार्यहरु गर्न सकेमा मात्र समान सहभागिता र नेतृत्व पनि सही रुपमा हुने थियो ।
अन्त्यमा हामी सवै मिलेर मात्र यो देशको विकास सम्भव रहेको छ । जसरी कुनै पनि कुराहरुलाई नीतिगत रुपमा र कार्यक्रमगत रुपमा गर्न सकीने हो भने मात्र संभव रहेको छ र किशोरीहरुको शसक्तिकरणको लागि पनि शिक्षामा वर्तमानमा लगानी आवश्यक रहेको छ । किशोरीहरुको सही शसक्तिकरणको लागि पनि शिक्षा महत्वपूर्ण रहेकोले सवै सरोकारवालाहरुले यो विषयलाई ध्यान दिनु आवश्यक छ ।
लेखक सपना पौडेल
किशोरी अभियन्ता /जागृति बाल तथा युवा सरोकार नेपाल
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१