काठमाडौ। प्रहरीले काठमाडौंको टोखाबाट गोली हानेर ‘खुंखार डाँका’ विष्णु तामाङलाई निय्रन्त्रणमा लिएको छ । काले भनिने तामाङ प्रहरीको सर्वा्धिक खोजीको सूचीमा थिए । महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सहकुल थापाले तामाङको दायाँ घुँडामा गोली लागेको जानकारी दिए ।
थापाका अनुसार ६ वटा अपराधका घटनालाई लिएर उनको खोजी भइरहेको थियो । यसैक्रममा टोखामा रहेको सूचना पाएपछि प्रहरी टोली उनलाई पक्रन सोमबार बिहान ८ बजे गएको थियो ।
‘नियन्त्रणमा लिन गएको टोलीलाई उनले उल्टै हतियार देखाएर आक्रमणको प्रयास गरेका थिए । त्यसपछि आत्मरक्षाको लागि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो,’ थापाले भने ।
सिन्धुपाल्चोकको मेलम्चीका तामाङले पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज सिंह शाहीको घरमा समेत लुटपाट गरेका थिए ।
यही कारण उनी ६ वर्ष कैद भुक्तान गरेर २०७२ सालमा रिहा भएका थिए । जेल सजाया भुक्तान गरेर निस्किएपछि पनि उनी अपराधमै संलग्न रहेको प्रहरीको भनाइ छ । प्रहरीले उनलाई ‘खुंखार डाँका’ भन्ने गरेको छ । दायाँ खुट्टामा गोली लागेर घाइते तामाङको बीर अस्पतालमा भइरहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१