रामेछाप । गाई काटेको अभियोगमा रामेछाप प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
मङ्गलबार खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुम चापाडीका ३१ वर्षीय रामशरण भनिने हरिबहादुर खड्का र सोही ठाउँको २९ वर्षीय सुजन खड्कालाई पक्राउ गरेको हो ।
गाई काटेको भन्ने खबर पाएपछि खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए ।
अभियुक्तलाई पक्राउ गरी गौबधसम्बन्धी मुद्दा चलाएको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१