चन्दा गुरुङ
कावासोती । पुर्बी नवलपरासीको कावासोती नगरपालिकाले नौ वटा वडाका बिद्यालयहरुमा किशोरीहरुको स्वास्थ्य जाँच कार्यक्रम शुरु गरेको छ । कार्यक्रमको मंगलबार कावासोती १ जनकल्याण माध्यमिक बिद्यालयमा ११ देखि १९ बर्षका किशोरीहरुको स्वास्थ्य जाँच गरीएको थियो । किशोरीहरुको पोषण सम्बन्धि अवस्था पत्ता लगाइ बिद्यालय पोषण कार्यक्रम सञ्चालन गर्नका लागि स्वास्थ्य जाँच गरिएको कावासोती नगरपालिकाकी स्वास्थ्य शाखाको अनमी चन्द्रकला भट्टराईले जानकारी दिईन् । किशोरीहरुको स्वास्थ्य जाँच कार्यक्रम बहुक्षेत्रीय पोषण कार्यक्रम लागु भएका नौ वटा वडाहरु १, ७, ८, १०, ११, १२, १३ , १५ र १७ का एक एक बिद्यालयहरुमा सञ्चालन गरिने छ । कार्यक्रमको पहिलो दिन कावासोती १ को जनकल्याण माध्यमिक बिद्यालयमा मंगलबार १ सय २१ किशोरीहरुको स्वास्थ्य जाँच गरिएको थियो । स्वास्थ्य जाँच गरिएका किशोरीहरु मध्ये १० जना किशोरी कुपोषणबाट ग्रसित भएको भेटिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१