प्रतिनिधि सभामा शब्दको विषयलाई लिएर हंगामा भएको छ। मंगलबार नीति तथा कार्यक्रममा छलफल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले उठाएको प्रश्नको जवाफ दिएका थिए। जवाफमा सांसदहरूलाई स्पष्टिकरण राख्न सभामुखले एक मिनेटको समय दिएका थिए। जसमा सांसदहरूले प्रधानमन्त्रीमाथि प्रश्नको वर्षा गरेका थिए।
लगत्तै जवाफ दिन रोष्ट्रममा उभिएका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी प्रश्नको जवाफ प्रस्तुत गर्छ’, भन्दै जवाफ दिन सुरू गरेका थिए। तर प्रधानमन्त्री बोल्न सुरू गरे लगत्तै कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले नियमापत्ति गरे। उनले प्रधानमन्त्रीको भाषामा प्रश्न उठाए। कांग्रेसको विरोधपछि पनि प्रधानमन्त्री अघि बढिरहे। उनले प्रश्नको खासै जवाफ दिएनन्। कांग्रेसले विरोध गरिनै रहेपछि उनी कड्किएर आफ्नो जवाफ टुङ्ग्याए।
setopati.comसाभार
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१