काठमाडौं । पटक–पटक सुन तस्करी हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाबाट फेरि एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल एयरलाइन्सका कर्मचारी नै रहेको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डीएसपी) होविन्द्र बोगटीका अनुसार नेपाल एयरलाइन्सका कर्मचारी रन्जित कुमार यादव पक्राउ परेका हुन् । तस्करीको सुन पास गर्दै गरेको अवस्थामा विमानस्थलमा खटिएका प्रहरी टोलीले यादवलाई पक्राउ गरेको बताइएको छ । उनको साथबाट ३० तोला सुन बरामद भएको जानकारी दिँदै बोगटीले उनीमाथि थप अनुसन्धान भइरहेको बताए ।
रातोपाटीबाट साभार
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१