कावासोती । पूर्बि नवलपरासीको कावासोतीमा भिषण हावाहुरी र पानी परेको छ । बिहान ८ बजे देखि कावासोती सहित नवलपुर जिल्लाको सबै क्षेत्रमा हावा हुरी र पानी परेको छ । बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नवलपुरको कावासोती सहित नेपालको धेरै जस्तो क्षेत्रमा पनि देखिन थालेको छ । यसकै प्रभावले पूर्वको थोरै ठाउँमा मेघगर्जनसहित पानी पर्न थालेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसको प्रभाव विस्तारै बढ्दै जानेछ ।
महाशाखाका अनुसार यो चक्रवात नेपालमा नआउने तर भारतको ओडिशा, झारखण्ड, पश्चिम बंगाल हुँदै बंगलादेश जाने भएकाले पूर्वी र मध्य नेपालमा असर गर्ने देखिएको छ ।
चक्रवात फानीको प्रभावले पूर्व र मध्य क्षेत्रको हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेकाले अबको तीन दिन पदयात्रा वा हिमाल आरोहणमा नजान मौसमविद्ले सुझाव दिएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१