कावासोती । १७ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती ११ का २६ बर्षीया आशाराम माझीलाई बैशाख १५ गते गिरफ्तार गरेको छ । बैशाख १४ गतेराति आरोपित माझीले पीडित बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा मौखिक उजुरी परेपछि आरोपित माझीलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का डिएसपी अर्जुन रानाभाटले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि भरतपुर जिल्ला अस्पताल चितवन पठाएको रानाभाटले बताए ।
पक्राउ परेका माझीलाई हिरासतमा राखि अनुसन्धन अगाडि बढाएको रानाभाटले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१