बिजय चालिसे
कावासोती, ९ बैशाख । नेकपा नवलपुरको अध्यक्षमा रोशन गाहा मगर चयन भएका छन् ।
गण्डकी प्रदेशसभा सदस्य समेत रहेका गाहा पूर्व एमालेका जिल्ला अध्यक्ष समेत थिए । गाहा २०७४ को निर्वाचनमा नवलपुर क्षेत्र नंबर १ ख बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।
उनले नेपाली काँग्रेसका महेन्द्र ध्वज जिसिलाई पराजित गर्दै प्रदेशसभामा निर्वाचित भएका थिए । त्यस्तै, सचिवमा पूर्वमाओवादीबाट मित्रशरण शर्मा चयन भएका छन् । उनी पूर्वमाओवादीका जिल्ला संयोजक र नेकपा गण्डकी प्रदेश कमिटी सदस्य हुन् ।
आठ वटा स्थानीय तह रहेको नवलपुरमा पूर्वएमालेलाई पाँच अध्यक्ष र पूर्व माओवादीलाई तीन अध्यक्ष दिने सहमति भएको छ ।
पूर्वएमालेले गैंडाकोट नगरपालिका, कावासोती नगरपालिका, बुलिङटार गाँउपालिका, बौदीकाली गाँउपालिका, विनयी त्रिबेणी गाउँपालिकाको अध्यक्ष पाउने भएको छ भने पूर्वमाओवादीले देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाको अध्यक्ष पाउने भएको उच्च स्रोतले जनाएको छ ।
गाउँपालिकाका वडाहरु पूर्वएमालेले ६७ प्रतिशत र पूर्व माओवादीले ३३ प्रतिशत पाउने सहमति भएको छ भने नगरपालिकाका वडाहरुमा पूर्वएमालेले ५७ प्रतिशत र पूर्वमाओवादीले ४३ प्रतिशतको आधारमा सहमति भएको जनाइएको छ ।
स्थानीय तहको अध्यक्ष र सचिवको टुङ्गो बैशाख १५ गते भित्र टुङ्गाउन पूर्वएमाले र पूर्वमाओवादीका नेता सहभागी कार्यदल बनेको छ ।
*यसअघि प्रकाशित समाचारमा सचिवमा अन्यथा नाम पर्न गएकोमा क्षमाप्राथी छाैँ । -सम्पादक
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१