ढाका । समता स्कुल,ढाका, बाङ्लादेश लाई सहयोग गर्ने हेतुले नेपाल एम्बेस्सी,बाङ्लादेश बङ्लादेशमा अध्ययनरत नेपाली बिद्यार्थी, बङ्लादेश नेपाल फ्रेन्डसीप सोसाइटी,नेपाली एक्पातृएत कम्युनिटीले संयुक्त रुपमा Nepali- Bangla Cultural Night 2019 को आयोजना गरेको थियो। कार्यक्रममा नेपालका चर्चित हास्यकलाकार, समाज रुपान्तरणको अभियान मा सरिक मह- जोडि, समता स्कुलका संस्थापक उत्तम सन्जेल , समता कलेज का प्रीन्सिपल अजय अधिकारी सुशील, समता स्कुलकि अल्मुनाइ डा. भावना तामाङ , रास्ट्रीय नाच घरका कलाकारहरु, बाङ्लादेश सरकारका नागरिक उड्ड्यन तथा पर्यटन राज्यमन्त्री महबुब, बङ्लादेश कि पप गायिका मेहरिन मुख्य आकर्षक रहनु भएको थियो। विभिन्न देशका राजदुतहरु समेत उपस्थित कार्यक्रममा उपस्तिथ अतिथीहरुलाई बाङ्लादेश को लागि कार्यवाहक नेपाली राजदुत धनबहादुर ओलि ले स्वागत मन्तव्य सहित स्वागत गर्नु भएको थियो । बाङ्लादेश नेशनल म्युजियम मा गरिएको उक्त कार्यक्रममा नेपाली संस्कृति झल्काउने मन्जुश्री नृत्य,लाखे नाच त्येसै गरि मह-जोडि को चर्चित मदनबहादुर हरिबहादुर अभिनय प्रस्तुत गरिएको थियो भने मह जोडिका हरिवंश आचार्य ले भने साझा बस र आफ्ना केही चर्चित गितहरु समेत गाउनु भएको थियो। बाङ्लादेशकि पप गायिकाले रातो र चन्द्र सुर्य सङै आफ्ना अन्य गितहरु मार्फत उपस्थितलाई मनोरन्जन गराएकी थिइन। रास्ट्रीय नाच घरका कलाकारहरुले नेपालको मौलिक्ता, सस्कृती झन्किने नृत्यहरु प्रस्तुत गरेका थिए। यसै बर्ष देखि बाङ्लादेशमा सुरु भएको समता स्कुल,बाङ्लादेश मा हाल ५० जना बिद्यार्थी अध्यनरत रहेको जानकारी समता स्कुलका संस्थापक उत्तम सन्जेलले दिनुभएको छ। नेपाल को ७७ वटा जिल्लामा ८० वटा स्कुल र अन्तरास्ट्रिय जगतमा ईन्डिया, बङ्लादेश, श्रीलन्का,गरि १२ वटा देशमा हाल समता स्कुल सन्चालनमा रहेको र छिटै लेटिन अमेरिका र अफ़्रिकि देशहरुमा समेत सन्चालनमा ल्याउने जानकारी उत्तम सन्जेल ले दिनु भएको छ। उक्त कार्यक्रममा बाङ्लादेशमा बिभिन्न बिस्वबिधालयमा विभिन्न बिधामा अध्यनरत नेपाली बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको र एकदमै उत्साहपुर्ण र सफल तरिकाले कार्यक्रम सम्पन्न भएको जानकारी वोर्ल्डवाइज नेपाली स्टुडेन्टका मिडिया कोअर्डिनेटर अर्जुन काफ्ले ले जानकारी दिनुभएको छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१