ज्ञान पंगेनी
कावासोती । नवलपुरको देवचुली नगरपालिकाको १५ वटा वडाहरुमा मंलवार एकैसाथ अनलाइन घटना दर्ता तथा सामाजिक सुरक्षा सुरु गरेको छ । वडा नम्बर १५ बाट पहिलो अनलाइन घटना दर्ता गरेर सेवाको सुरुवात गरिएको छ । १५ का सेवाग्रहि रमेश बहादुर बाचे मगरले गौरी माया बाचेको मृत्यु दर्ता गराएर अनलाईन सेवाको पहिलो सेवाग्राहि बनेका छन । नगरपालिकाका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठले बाचेलाई प्रमाण पत्र दिएर औपचारिक सुरुवात गरे । नया वर्षबाट देवचुली नगरपालिकाका सम्पुर्ण वडाहरूमा एकै साथ अनलाइन घटना दर्ता तथा सामाजिक सुरक्षा सुचारू गर्ने नगरको निर्णयलाई पुरा गर्न सफल भएको नगर प्रमुख श्रेष्ठले बताए । प्रमाण पत्र वितरणमा क्रममा वडा नं. १५ वडा अध्यक्ष हरिभक्त भट्टराई, शाखा अधिकृरण बहादुर खत्री, प्रशासकीय अधिकृत अविनाश पन्थी,सूचना प्रविधि अधिकृत कृष्णहरी सापकोटा, वडा सचिव यादब पराजुली र उद्मम विकास सहजकर्ता शान्ती सुवेदी लगायतको सहभागिता रहेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१