बिजय चालिसे
कावासोती । नवलपुरको मध्यबिन्दु नगरपालिकामा आज मध्यान्ह १२ बजेतिर भएको यात्रुबाहक बस दुर्घटनामा १० जना घाइते भएका छन् । पुर्ब पश्चिम महेन्द्र राजमार्ग अन्तरगत मध्यबिन्दु १५ स्थित चोरमारा र अरुणखोलाको बिच जङ्गलमा बुटवलबाट काठमाडौ जानका लागि आउदै गरेको लु १ ख ९१०९ नम्बरको बस आफै अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक लिला राज लामिछानेले जानकारी दिनुभयो ।
घाईतेमध्य पश्चिम नवलपरासी बर्दघाट नगरपालिका ४ कि ३७ वर्षिय कमला खरेललाई उपचारका लागि भरतपुर पठाईएको छ भने अन्य घाइतेहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ती मध्ये ३ जनाको मध्यबिन्दु जिल्ला अस्पताल र ६ जनाको मनकामना पोलिक्लिनिक अस्पताल अरुणखोलामा उपचार भईरहेको प्रहरी नायब उपरीक्षक लामिछानेले बताउनुभयो ।
घाइते हुनेहरुमा रुन्देहिको देवदह ८ कि ४८ वर्षिय पार्बती पाण्डे, नवलपुर जिल्ला कावासोती ३ कि ४३ वर्षियओम माया सेवा, पश्चिम नवलपरासी बर्दघाट ४ कि ५२ वर्षिय मिना भण्डारी, नवलपुर जिल्ला मध्यबिन्दु ८ कि ४० वर्षिय सुमित्रा भण्डारी, मध्यबिन्दु १० कि ४० वर्षिय पवित्रा परियार, मध्यबिन्दु १२ कि ३५ वर्षिय धन माया जर्घा मगर, सोही ठाउकी ३८ वर्षिय मीन माया तामाङ, सोही ठाउकी ३६ वर्षिय सुमि बिक र सोही स्थानकै ५० वर्षिय जय माया सेन रहेको प्रहरिले जनाएको छ । बस चालक प्रहरिको नियन्त्रणमा रहेका छन् ।
फाईल तस्विर