काठमाडौं । १२ वर्षअघि नेपाल टेलिभिजनमा ‘को भन्दा को कम’ शीर्षकको गायन प्रतिस्पर्धा हुन्थ्यो । उक्त कार्यक्रममा नवलपरासीबाट भाग लिन आएकी सामान्य काली केटीले प्रथम स्थान हासिल गरेकी थिइन्, जसको खासै चर्चा भने भएन । त्यसको केही वर्षपछि गायनको यस्तै प्रतिस्पर्धा ‘नेपाली तारा’ मा भने तिनै युवती पाँचौं स्थानबाट बाहिरिँदा धेरैले उनीप्रति अन्याय भएको टिप्पणी गरेका थिए । अहिले पाँचौं स्थानबाट बाहिरिएकी तिनै युवती इन्दिरा जोशी सर्वाधिक प्रख्यात गायिका भएकी छिन् ।
इन्दिराको स्वर त राम्रो छ नै, उनको स्टेज परफमेन्स, नृत्य र सौन्दर्यको पनि उत्तिकै चर्चा हुने गरेको छ । स्टेजमा उत्रिसकेपछि दर्शकलाई सँगै नचाउन सक्ने खुबी भएकी इन्दिरा छोटो समयमै विश्वका २८ देशमा पुगिसकेकी छिन् भने नेपालका करिब–करिब सबै जिल्ला घुमेकी छिन् । उनलाई गायनमा ग्ल्यामर मिसाउन सक्ने खुबीका कारण धेरैले रुचाएका छन् ।
उनले स्टेजमा स्वर मात्रै होइन, नृत्य पनि गदै आम दर्शकहरुको माहोल तताउने गरेकी छिन् । जसमा उनले भनिन् ‘गाउँदै नाच्ने गर्नाले पनि एक्स्ट्रा एक्सरसाइज जरुरी परेको छैन । तर घरमै बस्नुपरेका बेला हल्का एक्सरसाइज गर्छु ।’ सानैदेखि संगीतमा लगाव भएकाले उनी स्वरको निखारसँगै नृत्य समेत गर्न रुचाउँथिन् ।
त्यो बानीको विकास हुँदै जाँदा स्वास्थ्य वर्धक भएको उनको बुझाइ छ । तर अहिले सम्म पनि उनी यति सुन्दर र शारिरिक रुपमा एकदमै फिट ,हेर्दा निकै आकर्षक रहेको अनौठो कुरा खुलासा भएको छ । हेरौ यस्तो रहेको छ । (पहिलो कुरो हो , उनी नियमित अत्यधिक पानी पिउने गर्छिन् ।उनले दिनमा कम्तीमा ८ गिलास पानी पिउने र आफ्नो दैनिकी समेत पानीबाटै प्रारम्भ गर्ने जानकारी दिइन् । ‘उठ्नेबित्तिकै मलाई एक बोतल पानी चाहिन्छ ।खाली पेटमा पानी पिउने हो भने भित्री अंगका फोहोर पनि सफा हुने उनको बुझाइ छ ।
rajmarga.comबाट साभार
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१