विजय चालिसे
कावासोती। विप्लव नेतृत्वको नेकपा नवलपुरका जनपरिषद् प्रमुख पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटका अनुसार विप्लव नेतृत्व नेकपाका नवलपुर जनपरिषद् प्रमुख दानबहादुर आचार्यलाई विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीस्थित उनकै घर नजिकैबाट आज दिउँसो पक्राउ गरिएको हो ।
आचार्यलाई जिल्ला प्रहरी कार्यालय नवलपुर ल्याउँदै गरिएको प्रहरी प्रवक्ता रानाभाटले जानकारी दिए । प्रवक्ता रानाभाटले सोमबार मात्रै विप्लव नेतृत्वको नेकपामाथि निगरानी बढाइएको भनेर पत्रकारहरुसँग भनेको दिनमै नवलपुर जिल्ला सदस्य र भोलिपल्ट जनपरिषद् प्रमुखलाई पक्राउ गर्न सफल भएको छ । सोमबार नवलपुर प्रहरीले विप्लव नेतृत्वको नवलपुर जिल्ला सदस्य धनबहादुर मर्दनियालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा राखेको भोलिपल्टै आज जनपरिषद् प्रमुख आचार्यलाई पनि पक्राउ गरेको छ । प्रवक्ता रानाभाटले जिल्लामा विप्लवका गतिविधि रोक्नका लागि सुरक्षा सतर्कता व्यापक रुपमा बढाएको बताए ।उता सोमबार विप्लव नेतृत्वको नेकपा पश्चिम नवलपरासी इन्चार्ज सुमन ज्ञवालीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । ज्ञवालीलाई गत फागुन २९ गतेको नेपाल बन्दका क्रममा पश्चिम नवलपरासीको सरावलमा दुई वटा ट्रकमा आगजनी गरेको अभियोगमा मुद्दा चलाइ कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१