चितवन। गैडाकोटमा रहेको अक्फोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजले समयमा नतिजा प्रकाशित नगर्दा विद्यार्थीहरु समस्यामा परेका छन् । सन् २०१४ ब्याचमा सिभिल ईन्जिनियरिङ पढेका विद्यार्थीहरु नतिजा प्रकाशित नहुँदा स्नातकोत्तर पढ्नबाट बन्चित भएका हुन् । चौथो वर्ष र पाँचौ वर्षमा कलेजले लिने प्रोजेक्ट परिक्षाको नतिजा प्रकाशित नगर्दा ८४ जना विद्यार्थी समस्यामा परेको विद्यार्थी सागर पाठकले जानकारी दिनुभयो ।
स्नातकोत्तरका कक्षा सञ्चालनका खोपा ईन्जिनियरिङ कलेज, पुलचोक ईन्जिनियरिङ कलेजले प्रवेश परिक्षा लिईरहेका छन् । तर, स्नातक तहको ट्रान्सक्रिप्ट नआउँदा पढ्न बन्चित हुनुपरेको पाठकले बताउनुभयो । २०१४ बाट सुरु भएको कक्षा २०१८मा सकिएको थियो । अन्य कलेजको नतिजा प्रकाशित भएर विद्यार्थीले स्नातकोत्तरको कक्षा सुरु गर्ने समयमा आफुहरु अन्योलनमा परेको उहाँले बताउनुभयो ।
यस्तै कलेजले प्रोजेक्टको नतिजा पोखरा विश्वविद्यालयमा नपठाउँदा तीन जना विद्यार्थी मौका परिक्षामा समेत सहभागि हुन पाएका छैनन् । आज (सोमबार) देखि पोखरामा मौका परिक्षा सुरु भएको छ । कलेजको लापरबाहीका ८४ जना विद्यार्थीको भविष्य अन्योलमा परेको उहाँले आरोप लगाउनुभयो ।
अहिले ट्रान्सक्रिप्टको माग गर्दै पोखरा विश्वविद्यालयको परिसरमा विद्याथीहरुले हिजो देखि प्रर्दशन गरेका छन् । यता अक्फोर्ड कलेजले भने आफुहरु समस्या समाधानका लागि लागिपरेको बताएको छ । समस्याको समाधान भैसकेको छ । आज बेलुका सम्म विद्यार्थीको नतिजा प्रकाशित गछौँ, ओभरल प्रोग्राम कोडिनेटर तिलक पन्थीले भने ।
यो समाचार kalikanews.com बाट साभार गरीएको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१