कावासोती । देशको कान्छो जिल्ला नवलपुरको कावासोतीमा जिल्ला अस्पताल स्थापना भएको छ ।
मंगलवार एक भव्य कार्यक्रमका बिच गण्डकी प्रदेशका मुख्य मन्त्रि पृथ्वी सुब्बा गुरुङ्गले जिल्ला अस्पतालको घोषणा गरेका छन ।
कावासोती नगरपालिका १६ डण्डामा रहेको मध्यबिन्दु सामुदायिक अस्पताललाई जिल्ला अस्पताल घोषणा गरिएको हो । जिल्ला अस्पताल स्थापना भएसंगै अस्पताल अभावमा जटिल प्रकृतिका रोगको उपचारका लागि चितवनको भरतपुर जानुपर्ने बाध्यता हटेको भन्दै यस क्षेत्रका बासिन्दा खुसी भएका छन ।
दिनहुजस्तो सवारी दुर्घटना हुने गरेको यस जिल्लामा समयमा उपचार नपाउदा ज्यान गुमाउनुपर्ने बाध्यता समेत अब हट्ने भएको छ । तत्कालका लागि जिल्ला अस्पतालमा २५ शैया र ३१ जनाको दरबन्दी कायम गरिएको छ ।
जिल्ला अस्पताल घोषणा कार्यक्रममा सम्बोधन गर्दै मुख्य मन्त्रि पृथ्वी सुब्बा गुरुङ्गले अस्पतालका लागि आवश्यक पर्ने दरबन्दि , श्रोत साधनहरु क्रमशः प्रदेश सरकारले पुर्ती गर्दै जाने बताए । उनले प्रदेश सरकारबाट नसके केन्द्र सरकारसंग समेत पहल गर्ने प्रतिबद्धता जनाए । यस्तै उनले प्रदेशका सबै अस्पताल ५० शैयाको बनाउने गरि गण्डकी प्रदेश सरकारले योजना बनाएको र छिट्टै कार्यान्वयन गर्ने समेत जानकारी गराए ।
कार्यक्रममा उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रि विकास लम्साल , सामाजिक विकास मन्त्रि नरदेवी पुन , प्रतिनिधी सभा सदस्य तिलक महत , प्रदेश सासंद रोशन वहादुर गाहा , जनकलाल श्रेष्ठ , कृष्णचन्द्र नेपाली , विष्णु लामिछाने , लक्ष्मी सुनार , ओमकला गौतम लगायतले बोल्दै जिल्ला अस्पताल घोषणाले नवलपुरका जनताले सहज रुपमा पाउनुपर्ने स्वाथ्य सेवाको अधिकार सुनिश्चित भएको बताए । यस्तै अस्पतालले अबका दिनमा दिने सेवा सुविधाप्रति जनगुनासो आउन नदिनका लागि अस्पताल प्रशाशन लाग्न सुझाव दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१