परासी ।नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले जनताको भावनाअनुसार काम गर्न नसकेको बताएका छन् । नेपाल प्रेस युनिय पश्चिम नवलपरासी शाखाद्वारा आज प्रतापपुरस्थित गुठीप्रसौनीमा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले सरकारले सुशासन कायम गर्न नसकेको आरोप लगाए ।
नेता पौडेलले सिके राउत र प्रधानमन्त्री केपी शर्मा ओलीले फरक फरक अभिव्यक्ति दिएकाले सरकारले सिके राउतसँग गरेको सहमतिबारे वास्तविकता प्रष्ट पार्नुपर्ने बताए । सरकारले सुनकाण्ड र निर्मला हत्या प्रकरणका दोषीलाई कारवाही गर्न नसकेको र शान्ति सुरक्षा, सुशासन र विकासको काममा पछि परेको बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१