काठमाडौं । आइतवारमात्र भरतमोहन अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएर फर्किएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वसांसद गणेश पण्डितको मंगलवार हृदयघातबाट निधन भएको छ । पण्डितको हृदयघातपछि उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै निधन भएको नेकपाले जनाएको छ ।
७२ वर्षीय पण्डित नुवाकोटको कविलास महादेव मन्दिरको गुफामा जाने क्रममा हृदयघात भएको पारिवारिक सदस्यले बताएका छन् । पण्डित २०४८ सालको निर्वाचनमा नुवाकोटबाट कांग्रेस नेता रामशरण महतलाई पराजित गरेर सांसद बनेका थिए । कांग्रेस नेता अर्जुन नरसिंह केसी पण्डितका भान्जा हुन् । पण्डितका तीन छोरा,तीन छोरी र श्रमिती छन् । सत्तारुढ नेकपाले एक साताभित्र चारजना नेता लगातार गुमाएको छ । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वली पछि पूर्वसांसद पण्डितलाई नेकपाले गुमाएको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१