कावासोती । नवलपुरको हुप्सेकोट गाउँपालिका–४ मा रहेको मुसेडाँडा सामुदायिक वनलाई नमुना बनाउन पहिलो चरणको अनुदान रकम हस्तान्तरण गरिएको छ ।
सामुदायिक वन उपभोक्त्ता महासँघ नेपाल जिल्ला महासँघ नवलपुर हरीयो बन कार्याक्रमले चार लाख रुपैयाँ हस्तान्तरण गरेको हो । मुसेडाडा सामुदायिक वनका अध्यक्ष देवेन्द्र मल्ललाई हुप्सेकोट गाउँपालिका–४ का वडा अध्यक्ष रोशन थापाले चार लाख रुपैयाँको चेक हस्तान्तरण गरे । यस्तै सम्झौतापत्रमा समेत सम्बन्धित पक्षबाट हस्ताक्षर गरिएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालको सहकार्य तथा हरियो वनको सहयोगमा मुसेडाँडा सामुदायिक वनलाई ‘नमुना सामुदायिक वन’ बनाउने कार्यको थालनी गरिएको हो । पहिलो वर्षका लागि वनमा छ लाख ५० हजार रुपैयाँ लगानी गरिँदै छ । जसमध्ये हरियो वन कार्यक्रमको छ लाख रुपैयाँ र ५० हजार समूहले लगानी गरेका छन् । बा“की रहेको दुई लाख रुपैयाँ रकम चैत मसान्तपछि हस्तान्तरण गरिने जनाइएको छ ।
‘नमुना सामुदायिक वन’ निर्माण गर्न वन समूहले कार्ययोजना तयार पारेको छ । ‘नमुना सामुदायिक वन’ का बारेमा आम समुदायलाई अभिमुखीकरण र विद्यानका बारेमा जानकारी गराउने ,संस्थागत विकास तालिमको आयोजना गर्ने, वन समूहका सदस्यहरु मिलेर वनभित्र रहेका अनावश्यक झाडी सफा गर्ने, सीपमूलक तालिम सञ्चालन गर्ने कार्ययोजना अनुसार काम भइरहेको मुसेडाँडा सामुदायिक वनका अध्यक्ष मल्लले बताए ।
यसैगरी श्रीमान श्रीमतीलाई राखेर लैङ्गि सचेतना कार्यक्रम र सुशासन सम्बन्धी अभिमुखीकरण गर्ने, वनमा खाली रहेका ठाउँमा वृक्षरोपण गर्ने र वातावरण संरक्षण सम्बन्धी कार्यक्रम गर्ने गरी पहिलो वर्षको कार्ययोजना तयार पारिएको अध्यक्ष मल्लले जानकारी दिए । नमुना सामुदायिक वन निर्माणसँगै जैविक विविधताको संरक्षण र पर्यापर्यटनको विकास हुने हुदा समुदायलाई फाइदा पुग्ने सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ नवलपरासीका अध्यक्ष ठाकुर पाण्डेले बताए । मुसेडाँडा सामुदायिक बन जैविक विविधता र पर्यापर्यटनको हिसाबले उचित वन भएकाले नवलपुरमा रहेका ११० वटा सामुदायिक वनमध्ये मुसेडाँडा सामुदायिक वनलाई ‘नमुना सामुदायिक वन’ बनाउन चुनिएको पाण्डेले बताए । यस वन भिरालो जमिनमा रहेको हँुदा आम्दानीको स्रोेत हुने खालका बोट विरुवा नभएकाले नमुना वन निर्माणपछि वन र उपभोक्तालाई आम्दानीको स्रोत बन्ने पाण्डेको भनाइ छ ।
यस वनमा विभिन्न प्रकारका जडिबुटी रहेकाले जडीबुटीबाट समेत आम्दानी गर्न सकिने पाण्डेले बताए । जसका लागि वनका सदस्य तथा उपभोक्तालाई सीपमूलक तालिम प्रदान गरिने छ भने वनको सीमसार क्षेत्रको संरक्षण गर्दै सिंचाईका लागि प्रयोग गरिने पाण्डेले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि रहेका वडा नम्बर चारका वडा अध्यक्ष थापाले गाउँपालिकाको नीति तथा कार्यक्रममा नमुना वनका लागि आवश्यक पर्ने बजेट विनियोजन र व्यक्तिगत रुपमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१