कावासोती । पूर्बि नवलपरासीको नवलपुरमा रहेको जिल्ला खेलकुद विकास समितिको कार्यालयमा लगाएको ताला दुई घण्टा नबित्दै प्रहरीले खोलेको छ । जिल्ला खेलकुद विकास समिति नवलपुरको कार्यालयमा मंगलवार लगाईएको अनिश्चित कालीन तालाबन्दि जिल्ला प्रहरी कार्यालय नवलपुर र जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बिकास केसी सहितको टोलीले खोलेको हो । राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्य समिति नवलपुरले जिल्ला खेलकुद विकास समितिले जिल्ला स्तरबाट तेक्वान्दोको खेलाडी छनौट नै नगरि प्रदेश छनौट प्रतियोगितामा आर्थिक चलखेल गरी खेलाडी पठाएको भन्दै अनिश्चित कालीन तालाबन्दि गरेको थियो । तालाबन्दि गरेको दुई घण्टा नहुदै समिति र प्रहरीले ताला खोलेको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१