कावासोती । नायक राजेश हमालले करिव २ करोड रुपैया पर्ने जग्गा दान गरेका छन् । ६० वर्षअघि देखि नवलपरासीस्थित आफनो पुर्ख्यौली घरमा सेवा गर्न बसेका ४ विपन्न परिवारलाई उनले २ करोड मुल्य बराबरको जग्गा प्रदान गरेका हुन् ।
देवचुली नगरपालिका २ स्थित आफ्नो पुख्र्यौली थलोमा रहेका अति विपन्न परिवारलाई घरबासको लागि आफनो नाममा रहेको जग्गा मालापेत कार्यालय कावासोतीवाट निशुल्क पास गरिदिएका छन् । भाई राकेश हमाल र सहयोगी सहित मालपोत कार्यालय कावासोती पुगेका हमालले तुल्सी बिकलाई २ कठ्ठा तथा विष्णु मर्द्निया, असमिया थारु र मन कुमारी घर्तीको परिवारलाई १०–१० धुर घरबासको लागि जग्गा प्रदान गरेको वडाध्यक्ष माधव केसीले जानकारी दिए ।
आफ्नो हजुरआमाको समय देखि फलाम, कृषि तथा घरको काममा सहयोग गर्न उनीहरु बस्दै आएको जानकारी समेत दिए । ६० वर्षअघि देखि राजेश हमालकी हजुरआमाले ति परिवारलाई आफनो घरमा काम गर्न राख्नु भएको हमालले जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१