कावासोती । हुप्सेकोट गाउँपालिकाले सार्वजनिक सरोकारको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल पत्रकार महासंघ नवलपुरको संयोजन तथा हुप्सेकोट गाउपालिकाको आयोजनामा आइतबार स्थानीय बासीन्दा, सरकारवाला र विभिन्न राजनितिदलका प्रतिनिधिहरु वीच अहिले सम्म गाउपालिकाले गरेका र गर्न नसकेका काम कारवाहीको बारेमा सुनुवाई भएको थियो ।
कार्यक्रममा अधिकांश बालबालिका र संघ संस्था दर्ताको विषयमा चर्चा भएको थियो । गाउपालिकाको अध्यक्ष लक्ष्मी पाण्डेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम गाउपालिकाले पहिलो पटक गरेको हो । हुप्सेकोटका स्थानीय बासिन्दा हरी प्रसाद कोइरालाले गाउपालिकाले ३ सय वटा साना योजनामा बजेट छुट्एर ठूला योजना ओझेलमा परेको गुनासो गरेका थिए । आएका सबै गुनासोहरुको जवाफ गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत हरी प्रसाद पंगेनी र अध्यक्ष पाण्डेले प्रस्टाएका थिए । आउदा दिनहरुमा गाउँपालिकालाई कसरी नमुना बनाउन सकिन्छ भन्ने विषयमा समेत चर्चा गरिएको थियो । हुप्सेकोटलाई नमुना पर्यटक गन्तव्य बनाउनका लागि सरोकारवालाहरु सँग छलफल भएको र चाडै नै सबै वडाहरुमा होमस्टे संचालन गरेर पर्यटकहरुलाई अकार्षण गराउने अध्यक्ष पाण्डेले बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ होमराज रानाभाट, गाउँपालिकाका उपाध्याक्ष स्वतन्त्र कोपिला मल्ल, सबै वडाका वडाध्याक्ष, गाउपालिका विषयगत विभागिय प्रमुख तथा नवलपुरका पत्रकारहरुको उपस्थिति रहेको थियो । करिव ४०० सरोकारवाला स्थानीयवासी सहभागी रहेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१