काठमाडौँ । सामाजिक सञ्जाल ९फेसबुक, ट्विटर, भाइबर, इन्स्ट्राग्रामलगायत० लाई नियमन गर्न सरकारले कडा कानुन प्रस्ताव गरेको छ। यसअघि सामाजिक सञ्जाल नियमन गर्ने काुनन नहुँदा जथाभाबी लेख्नेलाई प्रहरीले विद्युतीय कारोबार ऐनअनुसार कारबाही चलाउँदै आएको थियो। सरकारले बुधबार संसद् सचिवालयमा ल्याएको सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न नयाँ विधेयक बनेको छ । विधेयकमा सामाजिक सञ्जालमा जथाभावी लेखेमा कडा कारबाही गर्ने भएको छ । विधेयकमा सामाजिक सञ्जालमा जथाभाबी लेख्नेलाई १५ लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षसम्म जेल सजाय हुने कानुन प्रस्ताव गरिएको छ। विद्युतीय कारोबार ऐनलाई खारेज गरी यो कानुन ल्याउन लागिएको हो। यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१