दलदले । पछिल्लो पटक कैलालीको निर्मला पन्तको बलात्कार पछिको हत्याले देशभरी नै किशोरीहरुको सुरक्षामा निकै नै प्रश्न चिन्ह ल्यायो ? किशोरीहरुको सुरक्षाको लागि साच्चिकै कार्यहरु पनि त्यसपछी सुरु भयो, त्यो मध्येको महत्वपूर्ण र प्रभावकारी कार्यक्रम चाँही आत्मसुरक्षा सम्बन्धीको तालिम नै देशभर रह्यो ।
आत्मसुरक्षाको तालिम भन्ने बित्तिकै मानिसहरुले बुझेको भने चाँही शारिरीक रुपमा मात्र उनीहरुलाई कराँतेका केही सिपहरु सिकाउने वा साधारणतया भन्नुपर्दा लड्न र भिड्नको लागि मात्र सिकाउने हो की भन्ने नै बुझियो । तर आत्मसुरक्षाको तालिम नवलपुरको देवचुलीमा भने फरक ढंग र विद्यीका साथ किशोरीहरुले सञ्चालन गर्नुभएको छ । जागृति बाल तथा युवा सरोकार नेपालले कन्नालन स्विजरल्याण्डको सहयोगमा सञ्चालन गरेको किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत देवचुलीका ९ वटा विद्यालयहरु र वडामा भने आत्मसुरक्षा तालिम मात्र लड्न र भिड्न मात्र होईन हिंसाका विभिन्न चरणहरु, सुरुवाती अवस्थाहरु, नेपालको कानुनहरु, हिंसा परेको बेलामा गर्नुपर्ने पद्धतीहरु, हिंसा हुन सक्ने स्थानहरु, रजस्वाला, यसको अवस्थाहरु, यसको सरसफाईको बारेमा किशोरीहरुलाई सुरक्षितको साथमा उनीहरुको क्षमता बिकासमा आधारीत भएर सञ्चालन गर्ने गरेका छन् ।
कावासोती ११ मा घर भई जनज्योती मा.वि. मा कक्षा ११ मा अध्ययनरत आशा वि.क.ले आजकल आफ्ना विद्यालयका र घरका साथीहरुलाई आत्मसुरक्षाको साथमा किशोरीहरुको शसक्तिकरणको लागि तालिमहरु र छलफल सञ्चालन गर्ने गर्नुभएको छ । सुरु सुरुमा अन्य व्यक्तिहरुको अगाडी गएर बोल्न समेत डर लाग्ने र आफ्ना इच्छा, आँकक्षाहरु समेत अभिभावकहरुलाई भन्न नसक्ने उनले अहिले अध्ययन सँगै सो तालिमहरु सिकाउने र आफै पनि बक्सिँगको कक्षा लिने गरेका बताईन । आत्मसुरक्षाको तालिम लिएर आफुले सञ्चालन गर्दा समेत धेरै किशोरीहरुले आफ्नो पहिलो महिनावारीको कुराहरु भन्न सक्ने र साना साना बहीनीहरुलाई सिकाएको देख्दा साच्चिकै नै परिवर्तन भनेको त यही नै हैछ जस्तो लाग्ने गरेको उनले बताईन ।
विद्यालयमा समेत अनुशासित विद्यार्थीमा रहने उनी पढाईमा समेत अब्बल नै रहेकी छिन् । पढाईको समयलाई व्यवस्थित गरी कामहरु पनि सिक्नाले आजकल म आफुले आफुलाई नै चिन्न सक्ने भएको कुरा उनी हाँस्दै बताउछीन् । खेलकुदमा रुची भएको तर घरमा भन्न सक्ने अाँट नभएको तर तालिम पश्चात त्यो कुरा घरमा समेत भन्न सके र अहीले बेलुका कक्षा समेत लिने गरेको र यसमा घरमा समेत सबैले सहयोग गर्नुभएको छ । पछी गएर यही खेलकुदबाट नै देश र समाजको लागि केही गर्ने समेत उनको सपना रहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१