भबिश्वर पाण्डे
कावासोती । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले गोबिन्द केसीको सबै जाहेज मागहरु चिकित्सा शिक्षा विधेयक मार्फत पुरा भईसकेको बताएका छन् । नवलपुरको कावासोतीमा प्रेस संगठन नवलपुले आज (शुक्रबार) आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले यस्तो बताएका हुन् ।
बिगतको बिभिन्न कार्यदल र समीतिहरु बाट आएका सकरात्मक बिषयलाई चिकित्सा शिक्षा विधेयक मार्फत गोबिन्द केसीको सबै माग पुरा गरीसकिएको पोखरेलले बताए । आजको आवश्यकता अनुसार शिक्षा र स्वास्थ्य क्षेत्रलाई जनउपयोगि विधेयक मार्फत पुरा गरिएको उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले बताए । अब यसको बिरोध गनु कुनै औचित्व नरहेको समेत पोखरेलले बताए । पत्रकारहरुको प्रश्नमा उत्तर दिदै उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पोखरेलले पाटी एकिकरण स्थानिय तह सम्म चाडै टुङ्गीने बताएका छन् । पोखरेलले नेपाल कम्युनिष्ट पाटीले सबै धर्मलाई समान ढङ्गले हेरेको बताएका छन् । नेपाली सेनामा यस अघि रहेको बिभिन्न गौरब र ईतिहासलाई कुनै पनि हालतमा परिवर्तन नहुने समेत पोखरेलले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१