कावासोती । उपप्रधानमन्त्रि एवं रक्षा मन्त्रि ईश्वर पोखरेलले केन्द्र सरकार नवलपुरको बिकासमा प्रतिबद्द रहेको बताउनुभएको छ । आजबाट पूर्बि नवलपरासीको सदरमुकाम कावासोतीमा सुरु भएको नवलपुर महोत्सव उद्घाटन गदै पोखरेलले यस्तो कुरा बताएका हुन् ।
उपप्रधानमन्त्रि पोखरेलले नवलपुर नेपालकै सबै भन्दा कान्छो जिल्ला हो तर अन्य जिल्लाको तुलनामा यस जिल्लाले सबै भन्दा बढी राजश्व दिने जिल्ला पनि भएकाले केन्द्रीय सरकारले नवलपुरको बिकासलाई प्रमुख प्रथामिकतामा राखेको बताउनुभएको छ । पोखरेलले यस नवलपुर जिल्लामा पर्ने पूर्ब पश्चिम मदन भण्डारी राजमार्ग र कालिगण्डकी करिडोरको ठेक्का लागी प्रकीया अगाडि बढी सकेकोले नवलपुर अब सडक सञ्जालमा र बिकासमा सबै भन्दा अगाडि हुने बताउनुभएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१