दयाराम आचार्य
कावासोती । कावासोती नगरपालिकाको चौथो नगरसभा बुधबार भएको छ । बुधबार भएको चौथो हिउदे नगरसभाले कावासोती नगरपालिकाको आर्थिक ऐन २०७५मा संशोधन गरी आर्थिक ऐनमा व्यवस्था भएका विषयमा आवश्यक संशोधन गर्ने अधिकार नगर कार्यपालिकामा रहनेछ भन्ने प्रावधान कायम गरी दफा थपगर्ने तथा हालसम्म नगर कार्यपालिकाबाट आर्थिक ऐन सम्बन्धमा भएका तथा अन्य निर्णयहरू अनुमोदन गरेको छ । यसै गरी आर्थिक वर्ष २०७५/०७६को नगरसभावाट स्विकृत विनियोजन ऐन २०७५ बमोजिमको आम्दानी तथा खर्चको संशोधन प्रस्ताव समेत सभाले पारित गरेको छ । चौथो नगरसभाले कावासोती नगरपालिकामा निर्माणका क्रममा रहेको चक्रपथ र गैंडाचोक दक्षिणको हरियाली मार्गको सडकको चौडाई १५ मीटर कायम गर्ने निर्णय गरेको छ । उप प्रमुख प्रेम शंकरमर्द्निया थारुले प्रस्तुत गरेको प्रस्ताव सभाले पारित गरेको हो । अब यस निर्णयसँगै सो सडकको १५ मीटर क्षेत्रमा सडक अधिकार क्षेत्र पर्ने भएकाले निर्माणका क्रममा यस क्षेत्र भित्र कुनै पनि मुआब्जा प्रदान नगरिने जनाइएको छ । नगरसभा कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनको अध्यक्षतामा भएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१