दिपक शर्मा,
युवा अधिकारकर्मी
जागृति बाल तथा युवा सरोकार नेपाल
धेरै समय भएको थियो, मनले सोचेर लेख्छु भन्न थालेको तर कहाँबाट सुरु गर्ने, के लेख्ने र कसको लागि लेख्ने चाँही छुटाउन नसकीरहेको अवस्थामा, अहिलेको एकदमै प्रयोग भएको शब्द समृद्धी अनी म एउटा युवा र मेरो देशको बारेमा लेख्न जाँदैछु ।
म तालिमको दौरानमा जाँदा होस वा कतै केही कुराहरु भन्नु परेमा प्रयोग गर्ने गरेको एउटा कथा छ । हुनत यो कथा जापानीज कथा हो, तर दोस्रो विश्वयुद्ध पश्चात जापानको विकास एकदमै अगाडी बढेको थियो, त्यही बेलामा एउटा घरको परिवार सँगको सन्र्दभ रहेको यो एकदमै बास्तविक कथामा आधारीत र समय सान्र्दभिक पनि भएको जस्तो लाग्ने गर्दछ ।
एक जापानीज घरमा बुवा, आमा र २ जना छोराहरु थिए । त्यो घरको मुख्य आम्दानी भनेको घरमा पालिएको गाईबाट दुधको विक्रिवितरणबाट आउने रकम थियो । घरमा त्यो बृद्ध भएको बुवाले दुध सधै विहान घर घरमा लगेर बेच्ने गर्ने गर्दथे । एकदिन छोराहरु मध्येको एकजना छोराले बाबुलाई म यो दुध लगेर बेच्छु, हजुर आराम गर्नुस भनेर छोराले त्यो दुध लिएर घर घरमा लिएर गएछ । बाटोमा हिड्दा हिड्दै छोराले एउटा जुक्ती सोचेछ । बाटोमा पर्ने एउटा खोलाबाट उसले ५ लिटर जती पानी थपृेर प्रत्येक घर घरमा लगेर बेच्यो र पाएको रकम लिएर घरमा गएर बाबुलाई दिएछ । बाबुले अरु दिनमा भन्दा बढी पैसा ल्याएर दिएपछी छोरालाई प्रश्न सोधेछन ? तिमिले दुधको मुल्य बढाएको हो ? छोराले उत्तर दिएछ हैन । फेरी बाबुले प्रश्न सोधेछन ? दुध धेरै थियो हो आज ? यसमा पनि छोराले होईन, हिजो जत्तिको नै थियो भनेछन् । र उसले गरेको कुरा बाबुलाई भनेछन्, यत्रो दुधमा जाबो ५ लिटर पानि हाल्दा के थाहा होला र भनेर पानी हालेर बेचेको त्यही भएर धेरै पैसा आयो भनेर सरासर आफ्नो उत्तर दिएछन । त्यसपछी त्यो बाबुले त्यो पैसा लिएर जुन जुन घर घरमा बेचेर पैसा लिएको हो, त्यही लिएर फिर्ता गर्दै सवै घटनाहरु सुनाउदै क्षमा माग्दै सवैलार्इृ फिर्ता गरेर घरमा आए । घरमा आएपछी पनि छोरोले फेरी सोध्यो ? यत्रो धेरै दुधमा त्यती ५ लिटर पानि हाल्दा के नै हुन्थ्यो र ? कसले थाहा पाउथ्यो र ? त्यसपछी हार्दिकताका साथ बाबुले छोरालाई भनेछन् । हेर मैले त्यो ५ लिटरले पैसा त कमाउथे होला र म सुख सयलमा पनि बस्न पाउथे होला, तर एकपटक सोच त, त्यो दुध जुन जुन घरमा हामीले दिने गरेका छौ, प्रत्येक घरमा साना साना बालबालिकाहरु छन् र त्यो दुध सवै त्यो साना साना बालबालिकाहरुलाई उनीहरुले खुवाउने गरेका छन् । यदी हामीले त्यो पानि हालेको दुध सधै दिन थाल्यौ भने हामीले एकातर्फ विश्वास त गुमायौ र अर्को महत्वपूर्ण पक्ष चाँही जुन दुधबाट पाउनुपर्ने प्रोटिन र भिटामिन बालबालिकाहरुले समयमा र सही पाएनन् भने त उनीहरुको बौद्धिक, शारीरिक र मानसिक रुपमा पनि त विकास सम्भव हुँदैन र त्यो प्रभाव अव आउने पुस्ताहरुमा सधै पर्दछ र अवको जापान यो नयाँ पुस्ताले बनाउने हो, सो कारण पनि हामीले राम्रोसँग नयाँ पुस्ताको लागि कार्यहरु सुरु गर्नुपर्दछ ।
हामीले समृद्धीको सपना देखेको कसको लागि हो र कसको संग्लनताबाट हो भन्ने कुरा पनि त अव बुझ्न आवश्यक छ नी त । समयले सिस्टमहरु र त परिवर्तन गर्यो तर हाम्रो सोचको भने समुचीत रुपमा विकास हुन नसकेको जस्तो हुँदैछ । अवको समृद्धीको सपना भनेको विकास हो र त्यो विकास भनेको व्यक्तिगत विकासबाट देशको विकाससँग सम्बन्धित छ । विकासका धेरै सिद्धान्तहरु त्य भएका छन् र सोही अनुसार पनि कार्यहरु सुरु त भएको छ तर खोई त तल्लो तहसम्म त्यसको बारेमा बृहत छलफल सुरु गरिएको , किन तल्लो स्तरमा भएका व्यक्तिहरुसँग केही पनि ज्ञान छैन होला र ?
म एउटा युवा, यो देशमा १६ देखी ४० वर्ष भित्रका उमेर समुहलाई राष्ट्रिय युवा नीति अनुसार नेपाल सरकारले युवा भनेर परिभाषित गरेको छ । यो उमेर समुह भित्रको जनसंख्या कुरा गर्दा पनि लगभग ४०.६३ प्रतिशत रहेको छ । यो उमेर समुहको यती धेरै जनसंख्या हुनुलाई जनसाख्यीक भाषामा जनसाख्यीक लाभांस पनि भन्ने गरिने रहेछ । लाभाँस भन्नाले बर्तमानमा गरिएको लगानीको केही समय पश्चात त्यसको निश्चित ढाँचामा प्रतिफल पाउनु रहेको छ भन्ने बुझिन्छ । अर्थात अहिले नेपाल सरकारले जती बजेट युवाहरुको हितमा हुने कार्यको लागि गरेको छ, त्यती नै यसको प्रतिफल पनि केही समयमा पाउने भन्ने नै हो । तर हामीले अव पूनरावलोकन गर्नुपर्ने अवस्था पनि त आएको छ । हाम्रा नीति तथा कार्यक्रमहरु, बजेटहरु र लगानीको क्षेत्रहरु कहाँ कहाँ गर्यौ र के के उपलब्धीहरु आए त्यसको बारेमा अवलोकन पनि त गर्नुपर्ने देखीएको छ ।
अवको समृद्धीको बाटोमा युवाहरुको सहभागिता सुनिश्चित गराईनुपर्दछ भन्ने वकालतमा हामी सवै युवा पुस्ताहरु लाग्नुपर्दछ । अवको समृद्धीको यात्रामा हामीले यो देशमा भएको परिवर्तनको संस्थागत संरचनाहरु तयार गर्नुछ । संघीयताबाट पाएको उपलब्धीहरुलाई बचाई तिनै तहका सरकारहरुसँगको समझदारीमा समेत कार्यहरु सुरु गर्नुछ । आफ्नो आफ्नो स्थानीय तहमा भएका युवाहरुको अवस्था पत्ता लगाई उनीहरुलाई कसरी समृद्धीको यात्रामा जोड्न सकीन्छ भनेर छलफल र अन्तरक्रियाहरु स्वयम युवाहरुको सक्रियतामा अगाडी सारीनु छ । विश्वका धेरै विकसित देशहरुको सुरुवाती चरणहरुको अध्ययन गर्ने हो भने पनि थाहा हुने कुरा भनेको आजभन्दा केही समय पहिला उनीहरुको देशमा भएका युवा जनशक्तिहरुमा नै आधारीत भएर कार्यहरु सुरु गरेर र उनीहरुलाई राज्यको एउटा मुख्य अंगको रुपमा लिईयो र लगानीको साथमा अवसर पनि दिईयो र आज त्यो देशहरु विकसित देशमा पुगेका छन् । हामी भर्खर अगाडी बढ्न लागेको सन्दर्भमा अवको समृद्धीको यात्रा सवैले मिलेर तय गर्नुछ ।
आउनुहोस स्थानीय तहलाई संगठीत गरौ ।
युवाहरुको सवाल पत्ता लगाउ ।
युवाहरुमा बढी भन्दा बढी लगानीको सुनिश्चितता बढाउने कार्यहरु सुरु गरौ ।
सवै क्षेत्रमा युवाहरुको सहभागिता सुनिश्चित गरौ ।
परिवर्तन मेरो पालामा र मेरो सहभागितामा हो भन्ने भावनाको जागृत गरौ ।
समृद्धीको यात्रा दिगो विकास लक्ष्य सँगै युवाहरुमा आधारित कार्यहरुबाट सुरु गरौ ।
जय देश, जय समृद्धी ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१