शालिकराम भट्टराई
कावासोती । नवलपरासी पूर्ब नवलपुरबाट रोजगारीको क्रममा दक्षिण कोरियालाई कर्मथलो बनाएकाहरुको संस्था नवलपुर समाज दक्षिण कोरीयाको प्रथम अधिवेशन तथा साधारण सभा हुने भएको छ । अधिवेशन आउदो माघ २२ गते एन आर एन कोरीयाको नेपाल हाउसमा हुने तदर्थ समीती सह संयोजक हेम प्रसाद पाठकले बताए । नवलपुर समाजले नवलपुरबाट रोजगारीका क्रममा दक्षिण कोरीया गएर कर्मथलो बनाएकाहरुको पारस्पारीक साथ, सहयोग र आत्मीयता अभिबृद्धी गर्ने र त्यहा रहदा आईपर्ने बिभीन्न किसीमका समस्याहरु सामुहीक रुपमा समाधान गर्ने उदेश्यका साथ समाजको स्थापना गरीएको सह संयोजक पाठकले बताए । अबिधेशनको तयारी तिब्र रुपमा अगाडी बढाईएको र अधिवेशनमा कर्मथलो दक्षिण कोरीया बनाएका सम्पुर्ण नवलपुरबासीलाई उपस्थीत गराउनका लागी निमन्त्रणा गरीसकीएको तदर्थ समीतीका संयोजक यादब खनालले बताएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१