कावासोती । सुनौलो हजार दिनका आमा र शिशु पोषण तथा स्वास्थ्य सम्बन्धि प्रशिक्षण आइतवार देखि कावासोती ७ साढमा सुरु भएको छ । हजार दिन पुगेका आमाहरुलाई आवश्यक पर्ने पौष्टिक तत्व संगै शरिरका लागि आवश्यक पर्ने सरसफाई सामाग्रि पनि प्रदान गरिएको छ । कावासोती नगरपालिका वडा नम्बर ७ को आयोजनामा संञ्चालित उक्त पोषण कार्यक्रम बुधवार सम्म संञ्चालन हुने छ ।
उक्त वडाका वडा अध्यक्ष नन्दकुमार गुरौका अनुसार विशेष गरि विपन्न परिवारमा रहेका आमाहरुलाई पोषण कार्यक्रममा सहभागि गराइएको बताए । सुत्केरी अवस्थामा उचित पौष्टिक तत्वहरु नपाएका त्यस्ता आमाहरुलाई नै विशेष ध्यान दिएको बताए । साविक कावासोती वडा नम्बर १,२,३ र ४ गरि ४ वटा टोललाई समेट्ने गरि उक्त कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष गुरौँले बताए । उनका अनुसार पोषण सम्बन्धि कार्यक्रममा समावेस भएका आमाहरुलाई पोषण युक्त खाना,उनिहरुलाई सरसफाइमा आवश्यक पर्ने सामाग्रिहरु प्रदान गरिएको जनाए । आर्थिक वर्ष २०७५ /७६ को बिनियोजित एक लाख पचास हजार बजेट अन्तर्गत रहेर उक्त कार्यक्रम संञ्चालन गरिएको हो । पोषण संगै उक्त कार्यक्रममा स्वास्थ्य सम्बन्धि प्रशिक्षण पनि प्रदान गरिएको थियो ।स्वास्थ्य सम्बन्धि प्रशिक्षण बहुक्षेत्रिय पोषण सहजकर्ता लक्ष्मी अर्याल, हेल्थ ऐसिसटेन्ट मेनुका रिजाल, सुआहारा फिल्ड सुपरभाईजर प्रतिभा सुवेदी लगायतले गरेका थिए । कार्यक्रममा करिब ३५ जना सुनौला हजार दिनका महिलाहरु को उपस्थित रहेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१