कावासोती । नवलपरासी पूर्व नवलपुरमा यस वर्ष पाँच सय ४३ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । नवलपुरको बुलिङटार ,बौदीकाली, हुप्सेकोट गाउँपालिका साथै देवचुली र गैडाकोट नगरपालिकाको बिभिन्न क्षेत्रमा गरि तीन सय नब्बे हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुदै आएको छ ।
सुन्तलामा कुनै प्रकारको रोग नलागे पनि गुणस्तरीय विरुवा नहुदा उत्पादनमा बृद्धी हुननसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तलाजात फलफुल कार्यक्रमका वरिष्ठ कृषि अधिकृत विष्णु प्रसाद शर्माले जानकारी दिए । सुन्तला उत्पादन बढाउने नवलपुरमा अहिले सुन्तलाजात फलफूल जोन परियोजना शुरु गरिएको छ । परियोजना अन्र्तगत जिल्लामा भएका सुन्तला बगैचा व्यवस्थित बनाउने,कृषकलाई गुणस्तरीय विरुवा उपलब्ध गराउने लगाएतका कार्यक्रम भएकाले आगामि वर्षमा सुन्तला उत्पादन वृद्धी हुने अपेक्षा गरिएको उनले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१