राजु चापगाई
कावासोती । पूर्बि नवलपरासीको कावासोतीमा विपन्न सुत्केरी महिलालाई आईतबार खाद्यान्न सहयोग गरिएको छ । कावासोती नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष बिनोद रानाले आफ्नै वडाकी विपन्न सुत्केरी महिलालाई खाद्यान्न सहयोग गरेका हुन् । सोही वडाको गैरीमा बस्दै आएका सुस्त मनस्थिती भएकी सुत्केरी महिला सकुन्तला चापागाईंलाई खाध्यसामाग्री सहयोग गरेको वडा अध्यक्ष रानाले बताए ।
वडा अध्यक्ष रानाले आफ्नो ब्यक्तिगतरुपमा सहयोग गरी बिपन्न सुत्केरी महिलालाइ घिउ , चामल ,अन्डा , न्यानो कपडा लगयतका सामाग्री सहयोग गरेका हुन् । केही दिन अघि मात्रै सुत्केरी भएकी चापागाईलाई आर्थिक अवस्था कमोजोर भई घर खानेकुरा समेत नभएपछि अध्यक्ष रानाले केही दिनको लागी पुग्ने गरी सहयोग गरेका हुन् । रानाले बिभिन्न समाजिक क्षेत्रमा काम गर्ने सस्ंथा तथा ब्यक्त्तिहरुलाई सहयोग गर्न अपिल समेत गरेका छन् । घर पनि चुहिले र जग्गा जमिन समेत नभएको चापगाईलाई सहयोग गर्न वडा अध्यक्ष रानाले आग्रह गरेका छन् ।
सहयोग सामाग्री हस्तान्तरण गर्दै अध्यक्ष रानाले आफ्नो वडामा रहेका गरिब तथा बिपन्न परिवारहरुलाई आफुले निरन्तररुपमा सक्दो सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् । सकुन्तलाका श्रीमान र दुई छोरी रहेका छन् । श्रीमान समेत शारिरीरुपमा कमजोर भएपछि झन चापगाई परिवारमा निराशा छाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१