कावासोती । पौष २७ गते देखि पूर्वी नवलपरासीको डण्डामा शुरु हुने प्रथम माघी (खिचरी) सांस्कृतिक महोत्सवको तयारी तिव्र पारिएको छ ।
‘चार्ड पर्व कला संस्कृती नै हाम्रो पहिचान कृषि, व्यापार, पर्यटन विकासका लागि हाम्रो अभियान’ भन्ने नारा सहित शुरु हुन लागेको महोत्सवको तयारी तिव्र पारिएको हो । नवलपुर क्षेत्रमा बसोेबास गर्ने विभिन्न जात जातिको पहिचान झल्कने गरि महोत्सवको स्टल निर्माण लगायतको काम अघि बढेको महोत्सवका सञ्चार संयोजक नेत्र थनेतले बताए । महोत्सवमा विभिन्न जातजातिको झाकी तथा खानाका परिकारहरु मुख्य आकर्षणको रुपमा रहने आयोजक थारु कल्याणकारी सभा नवलपुरका अध्यक्ष राम प्रसाद महतोले बताए । महोत्सवमा यस क्षेत्रको धार्मिक सांस्कृतिक विविधतालाई पस्कने मुख्य उदेश्य रहेको महतोले बताए । पुस २७ देखि शुरु हुने महोत्सव माघ ७ गते सम्म सञ्चालन हुनेछ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१