ललितपुर । नेपाली कांग्रेसले सोमबार देशभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ। तर ललितपुरमा भने मेलमिलाप दिवसको कार्यक्रम नै भाँडभैलोमा परिणत भएको छ।
देशभर ४३ औँ मेलमिलाप दिवस मनाइरहँदा नखिपोटमा रहेको जिल्ला पार्टी कार्यालयमा भाँडभैलो भएको हो। मेलमिलाप दिवसको कार्यक्रममा आसनग्रहण गर्ने क्रममा विवाद भएको हो।
ललितपुरमा जिल्ला सभापति मदन अमात्य र पूर्वसभापति तथा पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठ पक्षका सदस्यबीच विवाद छ। स्थानीय चुनाव भन्दा पहिलादेखि विभाजित दुई प्यानलको अन्तरद्वन्द्वले मेलमिलाप दिवस भाँडिएको हो।
कार्यक्रममा अमात्य पक्षले श्रेष्ठ पक्षले पार्टीलाई अन्तरघात गरेको र अनुसाशन उलंघन गरेको आरोप लगाएको छ।
अमात्य पक्षले श्रेष्ठ पक्षलाई पक्षपात गरेको भन्दै पार्टी कार्यालय अगाडि नै कोणसभा गरे। कार्यालय बाहिरको कोणसभामा रामकृष्ण चित्रकार, जितेन्द्र मलेखु, प्रमोद शर्मा, कपिल बहादुर लामा, ललिता खनियाँलगायतका उपस्थित भएर विरोध जनाएका थिए।
कोणसभालाई सम्बोधन गर्दै नेता शर्माले सभापति अमात्यले पार्टीलाई मिलाएर नलगेको र केही नेतालाई पक्षपात गरेको आरोप लगाए।
अमात्यको व्यवहारले पार्टी लथालिंग भएको भन्दै उनले भने,‘लोकतान्त्रिक पद्धतिमा तानाशाही प्रवृत्ति देखिएको छ। यो पार्टीका लागि ठिक होइन।’
कार्यालयको प्रागंणमा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमाकान्त चौधरी प्रमुख अथितिका रुपमा उपस्थित थिए। तरुणदलका अध्यक्ष जीतजंग बस्नेत, पूर्वसांसद शम्शेर राणा, मेयर चिरिबाबु महर्जनलगायत उपस्थित थिए ।
प्रमुख अतिथि चौधरीले मेलमिलाप आवश्यक भएको भन्दै आन्तरिक द्वन्द्वका कारण कांग्रेसले स्थानीय चुनावमा पराजय भोग्नु परेको बताए। ‘नेताहरु जसरी पनि मिल्नुपर्छ, नत्र कार्यकर्ता हतोत्साही हुन्छन्, ऊर्जा मर्छ’, उनले भने।
तरुण दलका अध्यक्ष बस्नेतले कार्यक्रममा कोही बस्ने, कोही जाने गर्दा खल्लो लागेको बताए। ‘पहिला नै यस्ता समस्या मिलाउनुपर्थ्यो’, उनले भने, ‘सबै साथीलाई चित्त नबुझेका कुरा केन्द्रीय प्रतिनिधिसमक्ष राख्न अनुरोध गर्दछु।’
मेलमिलाप दिवसको कार्यक्रममा दुवै खेमाका सभापति भने अनुपस्थित थिए। \
annapurnapost.comमा समाचार छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१