काठमाडौं । नेपाल आइडल सिजन- २ का विजेता रवि ओडलाई मातृ शोक परेको छ । बुधबार बिहान ७ बजे रविकी आमा ४५ वर्षीया विष्णा ओडको करेन्ट लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी आभूषण तिम्सिनाले बुधबार बिहान करेन्ट लागेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको पुष्टि गरे ।
पानी तान्ने क्रममा मोटरबाट करेन्ट लागेर घाइते विष्णालाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिएको थियो । तर, अस्पताल पुगेलगत्तै चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए ।
विष्णा रविकी कान्छी आमा हुन् । जन्मदिने आमाको सानैमा मृत्यु भएपछि रविका बावुले विष्णासँग दोस्रो विवाह गरेका थिए । उनै विष्णाले रविलाई हुर्काएकी थिइन् । तर, नेपाल आइडल–२ का विजेता छोरा रविसँग त्यसको खुसी साट्न नपाउँदै विष्णाको निधन भएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१