कावासोती । नवलपुरको कावासोती नगरपालिका बडा नम्बर ९ मा डिप बोरिङ मार्फत सिचाई गरिने भएको छ । सिचाईको सुबिधा नहुँदा आकासे पानीको भरमा खेती गदैं आएका यस क्षेत्रका स्थानीय डिप बोरिङ मार्फत पानी उपलब्ध हुने भएपछि हर्षित भएका छन् ।
बोरिङको बुधबार कावासोती नगरपालिका बडा नम्बर ९ का बडा अध्यक्ष नेत्र प्रसाद खतिबडाले सिल्यान्स गरे । उनले भने, यो बोरिङ मार्फत यस क्षेत्रको करिव ८० प्रतिसत जमिन सिचित हुन्छ, कृषिमा पनि कावासोती नगरको यस बडा नमूना बन्न सक्छ । नेपाल सरकार कृषि मन्त्रालयको करिव १ करोडको लागतमा परियोजना संचालन भएको निर्माण समितिका संयोजक टंक प्रसाद लुईटेले बताए ।
योजनाका ईञ्निनिय महेन्द्र यादबले डिप बोरिङ मार्फत बाह्रै महिना १ सय ८० बिघा जमिनमा सिचाईको सुबिधा पुग्ने बताए । कावासोती ९ मा ठूलो मात्रामा खेति योग्य जमिन रहेकाले अब आधुनिक कृषिको लागि सहज हुने स्थानीय कुलमाल श्रेष्ठले बताए । बोरिङ परियोजनाबाट यस बडाको अधिकांस जमिनमा सिचाई पुग्ने भन्दै स्थानीय गणेश कार्कीले खुसी व्यक्त गरे। परियोजना निर्माण सम्पन्न गर्न करिव २ महिना लाग्ने बताईएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१