कावासोती । बरचुली बौद्ध गुम्वा कावासोतीले ३ आयोजना गरेको त्रिपिटक कङ्ग्युर महापूजाको आम्दानी खर्च बिवरण सार्वजनिक गरेको छ । मंसिर १ देखि ७ गतेसम्म सञ्चालित महापूजामा ५० लाख ५८ हजार ७८ रुपैयाँ सकंलन भएको छ ।
महापूजा सम्पन्न गर्न ३१ लख १६ हजार ४ सय ८४ रुपैयाँ लागेको महापूजा आयोजक समितिका संयोजक गोपी गुरुङले जानकारी दिए । खर्च कटाएर १९ लाख ४१ हजार ५ सय ९५ रुपैयाँ कोषमा जम्मा भएको छ । बोल चन्दा ९ लाख ५१ हजार ७ सय ३४ उठ्न बाँकी रहेको आर्थिक उप समिति संयोजक घमानसिंह गुरुङले बताए ।
संकलित रकम मार्फत नवलपुर क्षेत्रकै नमूना बौद्ध गुम्बा निर्माणको लागि खर्च गरिनेछ । गुम्बाका अध्यक्ष गुरुगले महापूजा पूर्ण रुपमा सफल बनेको भन्दै सबै धर्म जातिको सम्मानमा ठूूलो टेवा पुगेको बताए । गुरुगले भने, यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न सबैको सहयोग मिलेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१