भिम भुसाल
कावासोती । नेपाली बाजे सामाजिक सञ्जालले मंगलबार कावासोती १५ मा रहेका विपन्न मुसहर बस्तिमा न्यानो कपडा वितरण गरेको छ । मुसहर समुदायका अति विपन्न १५ घरका ४० ब्यक्तिलाई न्यानो कपडा वितरण गरेको हो । तिहारमा देउसी भैलो खेलेर संकलन गरेको रकमबाट संकलित रकम र सामाजिक सञ्जालमा आबद्ध युवायुवतीको सहयोगमा मुसहर बस्तिका विपन्न एकल महिला, बालबालिका तथा वृद्धवृद्धाहरुलाई सिरक, ज्याकेट, स्विटर तथा टोपीहरु वितरण गरेको छ ।
बढ्दै गएको चिसोबाट केहि हद सम्म भएपनि न्यानोपनको आभास दिलाउन न्यानो कपडा वितरण गरीएको नेपाली बाजेका संस्थापक दिवस सापकोटाले बताउनुभयो । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि समाजसेवी विष्णुकुमार कार्किले शिक्षा स्वास्थ्य रोजगार मानवको नैशर्गीक अधिकार भन्ने कुरालाई मनन् गर्दै अति विपन्न समुदायमा राहतका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
विपन्न समुदायको आर्थिक स्तर उकास्न नेपाली बाजेले खेलेको भुमिकाको प्रशंसा गर्दै आगामि दिनमा पनि यस्ता सामाजिक कार्यमा साथ र सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो। कार्यक्रममा कावासोती नगरपालिका वडा नम्बर १५ वडा अध्यक्ष देव नारायण महत्तोले शिक्षा, स्वास्थ्य र आर्थिक सवलीकरणका क्षेत्रमा दिगो विकास र समृद्धिको पक्षलाई आत्मसाथ गर्दै स्थानिय सरकार अघि बढेको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले सामाजिक सञ्जालमा भएका युवायुवतीहरुले एक जुट भएर समाजका विपन्न समुदायलाई गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरेका थिए । ८५ घर धुरी रहेको मुसहर समुदायमा अति विपन्न १५ घर परिवारलाई न्यानो कपडा वितरण गरीएको हो । कार्यक्रम नेपाली बाजे नवकृयाशिल संस्थाकि नवलपुर एडमिन रोशनी कुँवरको अध्यक्षता तथा समाजसेवी विष्णुकुमार कार्किको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
stardainik.com मा समाचार छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१