कावासोती । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले दुर्घटना न्यूनिकरणको लागी नवलपुर क्षेत्रमा रहेका डाईभिङ सेन्टरका सचालनसँग अन्तरक्रिया गरेको छ । यस क्षेत्रमा दिनहुँ हुने दुर्घटना रोक्न बिशेष अभियान अन्तर्गत आईतबार कार्यालयमा संचालकसँग छलफल गरेको हो ।
बिशेष गरी सवारी साधन सिकाई लाईसेन्स बनाउन परामर्श दिदै आएका सेन्टरहरुले जिल्लामा जनचेतना मूलक कार्यक्रम संचालन गर्ने प्रतिबद्धता व्यक्त गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज भण्डारीले बताए । उनले भने, बिशेष गरी सवारी साधन संचालन गर्दा, बिशेष ध्यान पुर्याउन आग्रह गरिएको छ ।
नवलपुर क्षेत्रमा १५ बटा ड्राईभिङ सेन्टरहरु रहेका छन् । रेसुङ्गा ड्राईभिङ सेन्टरका संचालक धर्मागत बसेलले ट्राफिक प्रहरीले गरेको कार्य सर्हानीय रहेको भन्दै नियमसंगत रुपमा कार्य सम्पादन भईरहेको बताए । उनले, व्यवसायीसँगको सहकार्यले दुर्घटना रोक्न सहयोग पुग्ने बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१