कावासोती । नेकपाको युवा नेता एवं प्रतिनिधिसभा सदस्य तिलक महतले कावासोती ३ रामनगरको खुल्ला चौर क्षेत्रमा स्थायी सदरमुकाम बनाउने बताएका छन् ।
कावासोती नगरपालीकाको आयोजनामा आज( शनिबार) देखि शुरुभएको प्रथम मेयर कप फुटबल प्रतियोगिता उद्घाटन गदै महतले यस्तो बताएका हुन् । महतले खेल शुरु हुनु पुर्ब खेलाडीहरुलाई बल दिदै यही ठाँउमा अबको केही महिनामा प्रधानमन्त्रि केपी शर्मा ओलीबाट स्थायीरुपको सदरमुकाम शिलन्यास हुने बताएका हुन् । कावासोती ३ को थकालीचोकबाट उत्तर क्षेत्रमा पर्ने खाली चौर रहेको १ सय ८४ बिगाहा क्षेत्रमा जिल्लाको सदरमुकाम बनाउने तयारी भएको युवा नेता बिद्रोही गीरीले जानकारी दिए । गिरीका अनुसार अहिले जिल्लाको सदरमुकामको जग्गाको लागी जिल्ला तहबाट निर्णय भएर भुमिसुधार तथा गरिबी निवारण मन्त्रालयमा फाईल पुगी सकेको छ । यता प्रथम मेयर कप फुटबल प्रतियोगितामा आज भएको उद्घाटन खेलमा कावासोती १६ लाई १२ गोल प्रहार गदै कावासोती ४ बिजयी भएको छ । कावासोती १६ ले कुनै पनि गोल गर्न सफल भएन् । मेयर कपमा कावासोती नगरका १७ वटै वडाको सहभागिता रहेको जिल्ला फुटवल संघ नवलपरासीका अध्यक्ष सेतमान पुनले बताए । पुस २ गते सम्म सञ्चालन हुने मेयर कपमा प्रथम हुनेले ७५ हजार, द्धितिय हुनेले ४० हजार र सेमिफाइनलमा पराजित हुने दुई टिमलाई १०÷१० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । नवलपरासी जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा कावासोती मैदान निर्माण उपभोक्ता समितिको सहआयोजना र न्यु भानु आदर्श युवा क्लवको संयोजनमा प्रतियोगिता भएको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१