कपिल ज्ञवाली
बुटवल । महिला हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेका बेला रूपन्देहीको देवदहमा ५ वर्षिय बालिकामाथि सामुहिक बलात्कार भएको छ । बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले ६ जना स्थानीय युवालाई पक्राउ गरेको छ जस्मध्ये २ जना बलात्कारी नै भएको पुष्टि भएको छ । पक्राउ परेका अन्यमाथि थप अनुसन्धान शुरु भएको इलाका प्रहरी कार्यालय बुटवलका इन्सपेक्टर ऋषिराम घर्ती मगरले बताए ।
पक्राउ परेकाहरूमा देवदह वडा नम्बर ६ का २२ बर्षिय लक्ष्मण बिक र , देबदह ७ का १८ बर्षिय जीवन खत्रीले बलात्कार गरेको स्वीकारेको प्रहरीले बताएको छ । त्यस्तै अनुसन्धानका लागि स्थानीय राजु परियार, बोधे विक, दिनेश विकलाइ पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
खैरेनीमा रहेको बालिकाकै घर नजिकै उनीमाथि बलात्कार भएको हो ।
बालिकाकी आमा सुत्केरी बस्न माइत गएको र घरमा बुबा पनि नभएको अबस्थामा सो घटना भएको हो । घर नजिकै रहेको ब्लक रहेको टहरोमा लगेर बालिकामाथि बलात्कार भएको र सो स्थान रक्ताम्य अबस्थामा भेटिएको प्रहरीले बताएको छ । ती बालिकालाइ थप उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा ल्याइएको छ । पक्राउ परेका उनीहरूलाई देवदह प्रहरी चौकीमा राखिएको छ । http://radiomalmala.org/news-details/651/2018-12-08?fbclid=IwAR0WOcCzpIP1497esds7rbYrVH6j47nT_PXYbZ_JjkEHfCwqgtr58XpQfkc
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१