विजय चालिसे
कावासोती । लैंगिक हिंसाविरुद्वको १६ दिने अभियान अन्तर्गत नवलपुरमा शुक्रवार बिहानै र्याली निकालिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरको आयोजनामा लैंगिक हिंसाविरुद्वको र्याली शुक्रवार बिहानै जिल्लाको सदरमुकाम कावासोती बजारमा निकालिएको हो ।
कावासोतीको फलफूल चोकबाट सुरु भएको र्याली बिपी चोक सभापति चोक हुँदै जिल्ला प्रहरी कार्यालय परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
र्यालीमा जिल्ला समन्वय समितिका प्रमुख चेसराम आले, प्रमुख जिल्ला अधिकारी दीपक राज नेपाल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश थापा, विभिन्न विद्यालयका विद्यार्थीहरु, सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१