काठमाडाैँ । केही समयअघिकाे भद्र सहमति ताेड्दै पुन: अाफूखसी ब्याज बढाउने मुडमा पुगेका वाणिज्य बैंकहरु अर्थमन्त्री र गभर्नरकाे चेतावनीसँगै पुन: नबढाउने भद्र सहमतिमा पुगेका छन् ।
हालै मात्र कुमारी बैंकले ब्यक्तिगत निक्षेपको घाेषित ब्याजदर नै १३ प्रतिशत पुर्याएपछि अन्य केही बैंकहरु १४ प्रतिशत पुर्याउने तयारीमा थिए । तर बिहीबारको बैंकर्स संघको बार्षिक साधारणसभामा सम्बाेधन गर्न पुगेका अर्थमन्त्री डा युवराज खतिवडा र गभर्नर डा चिरञ्जीवी नेपालकाे चेतावनीमिश्रित प्रवचनपछि उनीहरु पछि हटेका हुन् ।कुमारीले निक्षेपकै ब्याज १३ प्रतिशत पुर्याएपछि केही बैंकले पत्रिकामा विज्ञापन नै गरेर निक्षेपकाे ब्याज बढाउने तयारी गरेका थिए । तर अर्थमन्त्रीले ब्याज बढाउने हाेडबाजी बैंकहरुकै लागि घातक हुने बताएपछि उनीहरु पुन अनाैपचारिक ढंगले सहमतिमा अाएकाे बताइन्छ । अर्थमन्त्री खतिवडाले बैंकरहरुसामु भनेका थिए, ‘लघुवित्तको जस्तो ग्राहक खोसाखोस गर्ने प्रवृत्तिले तपाईंहरुलाई कहीँ पनि पुर्याउँदैन, यो आत्मघाती हुनेछ । ग्राहक र ब्याजदर खोसाखोस गर्ने बेला यो होइन । तपाईंहरुले संयमित र सन्तुलित लगानी गर्नुपर्छ ।’
अब तत्कालका लागि ब्याज बढाउने निर्णयबाट बैंकर्स संघ पछि हटेकाे छ । २८ बैंकमध्ये २५ वटा बैंकहरु उपस्थित रहेकाे संघकाे साधारणसभामा भद्र सहमति भएकाे अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बताए । उनले भने, ‘अब ब्याज याे भन्दा बढ्दैन, बढाउने ठाउँ पनि त हुनु पर्यो नि ।’
गभर्नर नेपालले पनि बैंकहरुले अाफूखुसी ब्याजदर बृद्धि गरेकोमा अाक्राेश व्यक्त गरे। उनले भने, ‘तपाईहरु (बैंकरहरु) क्वालीफाइड व्यक्ति हुनुहुन्छ, तपाईहरु जस्तो मान्छेले यस्तो गर्ने हो ? तपाईहरुको ब्याजदर बढाउने हाेडले राम्रो गर्दैन है । यसलाई राष्ट्र बैंकले संवेदनशील रुपमा लिएको छ ।’ उनले चेतावनीकाे भाषामा भनेका थिए- टेक इट सिरियस्ली ।” http://www.news24nepal.tv बाट
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१