कावासोती । नवलपरासी पूर्ब नवलपुर जिल्लाका किसानहरु पछिल्लो केही बर्ष यता उखु खेती छाडी केरा खेती तर्फ आकृर्षित हुन थालेका छन् । चिनि उद्योगले समयमा उखुको भुक्क्तानि नदिदा यस क्षेत्रका किसानहरु उखु खेती छाडि केरा खेती तर्फ आकृर्षित भएका हुन् । नवलपुरको ग्रामीण क्षेत्रहरुमा पछिल्लो समयमा ब्यवसायीक रुपमा केरा खेती फस्टाउदै गएको छ ।
खेती गर्न पनि सजिलो हुने साथै थौरे लगानीमा धेरै रकम आम्दानी हुने भएकाले केरा खेती तर्फ उन्मुख भएको किसानहरुको भनाई छ ।
केरा खेतीमा उखुमा भन्दा दोब्बर आम्दानी हुने भएकाले केरा खेती सुरु गरेको मध्यविन्दु ७ का कृषक एकराज रेग्मीले वताउनुभयो । उहाका अनुसार १५ कट्ठा जग्गामा लगाएको केरा खेतिवाट वार्षिक ६ लाख रुपैया आम्दानि हुने गरेको छ ।
उखु मिलहरुले समयमा भुक्तानी नदिने भएकाले पनि किसानहरु उखु खेती छाडी केरा खेती गर्न थालेको मध्यविन्दु १३ का मणी खनालले बताउनुभयो । समयमा भुक्तानी नपाउने, केरो खेतीको तुलनामा परिश्रम तथा लगानी धेरै लगाउनुपर्ने बाध्यताले गर्दा किसानहरु केरा खेतीतर्फ आकर्षित भएका हुन् । उखुको तुलनामा केरा उत्पादन राम्रो भएता पनि किसानलाई अझ ब्यवसायीक बनाउन राज्यको ध्यान नपुगेको भन्दै कृषकहरुले गुनासो गरेका छन् । व्यवसायिक कृषि खेतिको मुख्य कडि हुन सक्ने केरा खेति गर्ने किसानहरुको लागि छुट्टै कार्यक्रम ल्याउनु पर्ने किसानहरुको माग रहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१