कावासोती । प्रतिनिधि सभा सदस्य एवं उद्योग पति बिनोद चौधरीले नवलपरासी पूर्ब नवलपुरको देबचुली नगरपालीकामा सञ्चालन गरेको शाश्वतधाम अगाडीको क्षेत्रमा अव्यवस्थीत व्यापार र पार्किङ्ग भएको भन्दै नगरपालीकाले ७ दिने अल्टीमेटम दिएको छ । बिनोद चौधरीले शाश्वतधाम सञ्चालनमा ल्याएपछी अहिले उक्त्त क्षेत्रमा सडकमा नै ब्यापार र पार्किङ्ग हुन थालेको छ । हिज मंगलबार देबचुली नगरपालिकाले एक सुचना जारी गर्दे शाश्वतधाम अगाढि अस्तव्यस्त रुपमा रहेका व्यवसायले सडक दुर्घटनाको जोखिम बढेको भन्दै सुचना जारी भएको मितिले ७ दिन भित्र सबै किसिमका व्यवसाय हटाउन अल्टीमेटम दिएको हो । नगरपालीकाले यस बिषयमा गम्भिर रुपमा लिएको भन्दै नगरपालीकाको प्रमुख प्रशासकिय अधिकृत भिमकान्त पौडेलले यस्तो सुचना जारी गरेको बताएका छन् । नगरपालिकाले जारी गरेको सुचनामा यदि ७ दिन भित्र पसल तथा ठेला हटाउन अटेरी गरे नगरपालिका र स्थानिय प्रहरी प्रशासनको समन्वयमा सामान जफत गरी कार्वाही गर्ने जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१