
कावासोती । नेकपाका केन्द्रीय अध्यक्ष पृष्पकमल दाहाल प्रचण्ड आज बुधबार नवलपुर आउने कार्यक्रम सबै स्थगित भएको नेकपा नवलपुरले जनाएका छन् । दाहाल कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम साथै कावासोती १७ ढोकीमा रहेको त्रिभुवन बाल माविको स्वर्ण महोत्सव उद्घाटन गर्न आज (बुधबार ) आउने कार्यक्रम थियो । तर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालयको स्थायी कमिटि बैठकको कारण नवलपुरको कावासोती आउने सबै कार्यक्रम स्थगित भएको नेकपा नवलपुरले जनाएका छन् ।