कावासोती । युवाहरु विदेश पलायन भई रहेको अवस्थामा नवलपुरका निलकण्ठ तिमल्सीना भने गाउँमै कुखुरा पालन गरि गाउँकै उदाहरण युवा बनेका छन । अधिकाशं युवाहरु विदेश धाउदै गर्दा उनले विदेशको सिप यहि प्रयोग गरि मनग्य आम्दानी गरेका छन । देशमा आम्दानीको बाटो पत्ता लगाउन नसक्दा तिन वर्ष मलेसिया बसेर फर्किएका उनले मलेसियामा सिकेको सिप यहि ल्याई मनग्य आम्दानी गरेको बताएका छन् । अहिले उनले तिमल्सीनाले हाल १५ हजार कुखुरा पालन गरि रहेका छन । २६ कट्ठा जमिन भाडामा लिएर ८ वर्ष अघि देखि कुखुरापालन गर्न सुरु गरेका तिमल्सीनाले हाल परिवार सहित १० जनालाई रोजगार समेत दिएका छन । तिमल्सीनाले अहिले अण्डा र कुखुरा बेच्दा मासिक ५ लाख आम्दानी हुने गरेको बताएका छन् ।
उनको फर्मबाट हाल भैरहवा,काठमाण्डौ,बुटवल,नारायणगढ लगायतका स्थानमा खपत हुने गरेको छन । देशमा सम्भावना देखेर यहि कुखुरा पालन गरेका तिमल्सीनालाई सरकारले देशमा युवाहरुको लागि भने केहि गर्न नसकेको बुझाई छ । देशमा केहि गर्न सक्ने र गर्न जागर देखाउने युवाहरुलाई उचित प्रोत्साहन गर्न नसक्दा देशमा लगानि गर्न चाहने युवाहरुले पनि लगानी गर्न नसकेको अवस्था सृजर्ना भएको उनको भनाई छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१